जापान (टोकियो), १४ असोज । नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै अधोषित नाकाबन्दी गरेको छिमेकी मुलुक भारतविरुद्ध जापानमा भएका नेपालीले बिहीबार राजधानी टोकियोमा प्रदर्शन गरेका छन् ।
सयौँको सङ्ख्यामा आएका नेपालीले टोकियोस्थित कुदानसीतामा रहेको भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘नेपालीको संविधान भारतका लागि होइन, आन्तरिक मामिलामा हस्तक्षेप गर्न पाइँदैन, सार्वभौम नेपालीको सम्मान गर, अन्तर्राष्ट्यि कानुन मिच्न पाइँदैन’लगायतका नारा लगाउँदै टोकियोस्थित भारतीय राजदूतावासमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष भवन भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शनमा राष्ट्रिय झन्डा र नेपाली वेषभूषामा जापानका ५० भन्दा बढी सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए । भारतीय हस्तक्षेपका विरुद्ध आन्तरिक रुपमा विरोध गरिरहेका नेपालीले लगातारको नाकाबन्दी कायम राख्दा जापानमा भएका नेपालीलाई पीडा भएको भन्दै जापानस्थित भारतीय राजदूत दिपा गोपालन बाधवामार्फत भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
भारतीय राजदूतावासमार्फत पठाइएको तीनपृष्ठ लामो ज्ञापनपत्र बोधार्थका रुपमा संयुक्त राष्ट्रसङ्घको कार्यालय, जापान सरकार र सार्कराष्ट्रका सबै राजदूतावासमा समेत पठाइएको गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापाले बताए ।
ज्ञापनपत्र बुझेपछि जापानका लागि भारतीय राजदूत बाधवाले कुटनीतिक रुपमा समस्याको समाधानमा आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन् । ज्ञापनपत्रमा भारतजस्तो ठूलो प्रजातान्त्रिक मुलुकले सबै राष्ट्रमा शान्ति सुव्यवस्था कायम गर्दै छिमेकी राष्ट्रले अवलम्बन गरेको नीतिअनुसार सहयोगी भूमिका निर्वाह गर्न भनिएको छ ।
संविधान जारी भएपछि असन्तुष्ट पक्षले तराईलगायत कतिपय स्थानमा गरेको आन्दोलनको मौका उठाउन नेपाली नेपालीबीचको विवादमा मुछिनु भारतको गलत कार्य भएकोे भन्दै प्रर्दशनकारीले भारतविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
एनआरएनएका उपाध्यक्ष भट्टले भारतीय हस्तक्षेपविरुद्ध गैरआवासीय नेपाली सङ्घले थालेको यस कार्यमा साथ दिन विश्व समुदायसमक्ष आग्रह गरे ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च