काठमाडौँ, १४ असोज । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल आज पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा विवादित व्यक्ति केशवकुमार विष्टलाई नियुक्त गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री पौडेललाई विभागीय काराबाही गर्न निर्देश गरेपछि उनले प्रधानमन्त्री सुशील कोइरालासमक्ष राजीनामा दिएका हुन् ।
पौडेलले सदस्य सचिव नियुक्तिबारे आयोगले गैरकानुनी रुपमा निर्देश दिएको र त्यसका आधारमा प्रधानमन्त्रीले राजीनामा मागेकाले राजीनामा दिएको जनाए ।
पौडेल नेकपा (एमाले) का तर्फबाट मन्त्री भएका थिए ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै