काठमाडौँ, १४ असोज । नेकपा (एमाले )केन्द्रीय अनुशासन आयोगले पार्टीको आन्तरिक जीवनलाई स्वच्छ, मर्यादित, पद्धतिसम्मत, अनुशासित र अझ एकताबद्ध बनाउन अनुगमन कार्यलाई सक्रिय बनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको आयोगको बैठकले पार्टीलाई अझ मर्यादित र एकताबद्ध बनाउन अनुगमन कार्य गर्नुपर्ने आवश्यकता महसुस गरेको हो ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा सम्पन्न बैठकले हालसम्मका विविध कामका साथै अहिलेसम्म भएका काम कारबाहीको संक्षिप्त समीक्षा गरी आयोगले आफ्नो कार्यलाई अझ व्यवस्थित गर्न कार्य सम्पादन निर्देशिकालाई परिमार्जित गर्ने र नवौँ महाधिवेशनबाट पारित महत्वपूर्ण दस्तावेजलाई प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।
नेपालको इतिहासमा नै पहिलो पटक जनताले आफ्ना प्रतिनिधिमार्फत संविधानसभाबाट नेपालको संविधान घोषणा भएकामा बैठकले प्रशन्नता व्यक्त गर्दै हार्दिक स्वागत गरेको छ । दशकौँ लामो प्रतिक्षापछि सार्वभौम जनताले निर्वाचित गरेको संविधानसभाबाट नेपालको संविधान जारी हुनु मुलुकको समग्र राजनीतिक आन्दोलनको इतिहासमै एउटा युगान्तकारी महत्व राख्ने अविस्मरणीय घटना भएको बैठकले निष्कर्ष निकालेको छ ।
संविधानको घोषणाले पीडादायी लामो सङ्क्रमणकालको मात्र अन्त्य गरेको छै्रन, यसले नेपाली जनताले वर्षांैदेखि आफ्नो अधिकारका निमित्त गर्दै आएको ऐतिहासिक सङ्घर्ष र गणतन्त्रप्राप्तिका उपलब्धिलाई संस्थागत गरेको ठहर पनि बैठकले गरेको छ ।
नयाँ संविधानलाई कार्यान्वयन हुन नदिन अहिले अनेकन प्रयत्न भइरहेको र संविधान घोषणाप्रति असन्तुष्टि जनाउँदै सिमानामा नाकाबन्दी गरेर नेपाली जनतालाई घोर पीडा दिने कामसमेत गरिएकाले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक एवम् न्यायप्रेमी शक्तिलाई एकताबद्ध भई यस्तो प्रयत्नलाई सफल हुन नदिन र मुलुकको स्थायित्व, शान्ति, आर्थिक विकास र समृद्धिका निमित्त एक ढिक्का भई अघि बढ्न पनि हार्दिक आग्रह गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो