काठमाडौँ, १४ असोज । राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्बाट पारित छ वटा विधेयकको आज प्रमाणीकरण गरेका छन् ।
नयाँ संविधान जारी भएपछि राष्ट्रपति यादवले विधेयक प्रमाणीकरण गरेको यो पहिलो अवसर हो ।
प्रमाणीकरण भएका विधेयकमा विनियोजन ऐन २०७२, आर्थिक ऐन २०७२, राष्ट्र ऋण उठाउने ऐन २०७२, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संसोधन गर्ने ऐन २०७२, केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२ र भूमिसम्बन्धी (छैटौँ संशोधन) ऐन २०७२ छन् ।
राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम ती विधेयकको प्रमाणीकरण गरिएको हो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा