काठमाडौँ, १४ असोज । राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्बाट पारित छ वटा विधेयकको आज प्रमाणीकरण गरेका छन् ।
नयाँ संविधान जारी भएपछि राष्ट्रपति यादवले विधेयक प्रमाणीकरण गरेको यो पहिलो अवसर हो ।
प्रमाणीकरण भएका विधेयकमा विनियोजन ऐन २०७२, आर्थिक ऐन २०७२, राष्ट्र ऋण उठाउने ऐन २०७२, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संसोधन गर्ने ऐन २०७२, केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२ र भूमिसम्बन्धी (छैटौँ संशोधन) ऐन २०७२ छन् ।
राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम ती विधेयकको प्रमाणीकरण गरिएको हो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो