काठमाडौँ, १४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको अवरोध कूटनीतिक पहलबाट चाँडो खुलाउन प्रयास भइरहेको बताएका छन् ।
दुई देशको सीमा क्षेत्रमा जारी अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्याको समाधान र तराई मधेसको आन्दोलन वार्ताबाट निकास खोज्न आग्रह गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएका विभिन्न नौ विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रियताका पक्षमा खुट्टा नकमाईकन आफूले काम गर्ने दृढता व्यक्त गरे ।
प्रमण्डलमा सहभागी नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार प्रधानमन्त्रीले वर्तमान सन्दर्भमा युवा र विद्यार्थीलाई संयम हुन भन्दैै भारतको झन्डा जलाउने वा विशिष्ट व्यक्तिको पुत्ला दहनजस्ता कार्य गरेर स्थितिलाई असहज बनाउनतिर नलाग्न पनि आग्रह गरे ।
ध्यानाकर्षणपत्रमा भारतले देखाएको हस्तक्षेपपूर्ण व्यवहारको आलोचना गर्दै स्थितिलाई सहज बनाउन आग्रह गरिएको थियो । सो क्रममा नेवि सङ्घका अध्यक्ष रञ्जित कर्ण, अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ललगायत नौ विद्यार्थी सङ्गठनका प्रतिनिधि सहभागी थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा