
अमेरीकाको न्युयोर्कमा भएको दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन सार्कको परराष्ट्र मन्त्री स्तरीय वैठकमा सार्कको अध्यक्षता गर्नुभएका नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र सार्कका महासचिव अर्जुन बहादुर थापा । तस्बिर ः सूर्यचन्द्र बस्नेत रासस
न्युयोर्क (अमेरिका), १४ असोज । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का परराष्ट्रमन्त्रीहरुको बैठक बुधवार यहाँ सम्पन्न भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभाको अवसरमा सार्क क्षेत्रका परराष्ट्रमन्त्रीको बैठक हिजो अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको हो । काठमाडौँमा भएको सार्कको १८औँ शिखर सम्मेलनको घोषणा र ३६औँ सार्क मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुरुप वर्ष दिनमा भएका कामको सो बैठकले समीक्षा गरेको थियो ।
बैठकमा गरिबी न्यूनीकरण, जलवायु परिवर्तन, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य र सामाजिक हितका सम्बन्धमा सार्कले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिका लागि सार्कलाई अझ बढी क्रियाशील र प्रभावकारी बनाउन बैठकले सहमति जनाएको छ ।
सार्कको १८औँ शिखर सम्मेलन नेपालमा भएको थियो । सार्कको अध्यक्ष राष्ट्रको हैसियतले परराष्ट्र मन्त्रिस्तरीय सो अनौपचारिक बैठकको अध्यक्षता परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गर्नुभएको थियो ।
सो बैठकमा नेपालले राखेको स्थायी प्रतिनिधि अमेरिकाको न्युयोर्क र स्विट्जरल्यान्डको जेनेभामा राख्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो ।
त्यस्तो प्रतिनिधिको बैठक समय–समयमा बस्ने र सार्क सदस्य राष्ट्रको साझा सरोकारका विषयमा साझा अवधारणा बनाउने बारेमा पनि छलफल भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए ।
सार्कजस्तो क्षेत्रीय सङ्गठनलाई अझ सुदृढ, प्रभावकारी र क्रियाशील बनाउनका निम्ति सदस्य राष्ट्र एकजुट भएर लाग्नुपर्नेमा जोड दिइएको छ । सो बैठकमा सार्कका आठवटै सदस्य राष्ट्रका परराष्ट्रमन्त्री एवम् सरकारका उच्च पदाधिकारीको सहभागिता थियो ।
बैठकमा सार्कका महासचिव अर्जुनबहादुर थापाले सार्कको कामको प्रगति विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए । संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा सार्क क्षेत्रका परराष्ट्रमन्त्रीको बैठक हरेक वर्ष हुने गर्दछ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने