काठमाडौँ, १३ असोज । नेपालका लागि भारतका राजदूत रणजित रायले नेपालमा हाल उत्पन्न समस्या चाँडो समाधान हुने विश्वास व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध पुरानै अवस्थामा फर्कनेमा आफू ढुक्क रहेको बताएका छन् ।
भारतीय दूतावासमा आज पत्रकार सम्मेलन गरेर उनले दुई मुलुकबीचको अहिलेको असमझदारी शीघ्र अन्त्य हुनेमा आफू आशावादी रहेको बताए ।
“अहिलेको समस्या नेपालको आन्तरिक विषय हो र त्यसको समाधानका लागि यहाँको नेतृत्व वर्ग लागिपरेको छ,” राजनीतिक समस्याको निकास खोज्न सम्बद्ध दलका नेता क्रियाशील रहेकाले शीघ्र निकास निष्कने विश्वास व्यक्त गर्दै उनले भने ।
“बल प्रयोग गरेर तत्कालै समस्या समाधान भए पनि त्यो चिरस्थायी हुँदैन”, सीमापारिबाट भइरहेका अवाञ्छित गतिविधि नियन्त्रण गर्न आफ्नो मुलुकका सुरक्षाकर्मी प्रयोग गर्न नसकिने स्पष्ट गर्दै उनले बताए ।
खुला सिमानाका कारण भारतीय भूमिमा नेपाली पुग्ने गरेका र ‘रोटीबेटीको’ द्विपक्षीय सम्बन्धमा सुरक्षाकर्मी परिचालन गर्न नसकिने उहाँको तर्क थियो । भारतले नेपाल र नेपालीलाई आदर गर्दै आएको र नेपालका सबै नेता भारतका मित्र भएका पनि बताए ।
वार्ताको माध्यमबाट समस्याको निकास खोजिनुपर्नेमा जोड दिँदै उनले आन्दोलनरत पक्ष र सरकार मिलेर अघि बढ्नु श्रेयस्कर हुने बताए । दुवै देशका सरकार र जनताका साथै कूटनीतिक तहमा पनि आपसी सम्बन्धलाई पुरानै अवस्थामा फर्काउने अथक प्रयास भइरहेको राजदूत रायले बताए । उनले भने– “भारतको झण्डा र पुतला जलाएर समस्या समाधान हुन्छजस्तो मलाई लाग्दैन ।”
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा