
नेपाल कम्युनिष्ट पार्टी–माओवादीद्वारा भारतले हालै गरेको नाकाबन्दी खुला गरिनुपर्ने, राज्य आतङ्क बन्द गर्नुपर्ने माग गर्दै बुधबार रत्नपार्क शान्ति वाटिकाबाट सुरु गरी भन्द्रकाली, सहिदगेट, न्यूरोड, वसन्तपुर, असन हुँदै भोटाहिटीसम्म गरिएको रयालीपछि मन्तव्य व्यक्त गर्दै उक्त पार्टीका नेता देवेन्द्र श्रेष्ठ । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १३ असोज । नेकपा–माओवादीले भारतको अघोषित नाकाबन्दीको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ ।
शान्तिबाटिकाबाट नारा, जुलुससहित सुरु भएको प्रदर्शन बागबजार, प्रदर्शनीमार्ग, शहिदगेट, न्यूरोड, असन हुँदै भोटाहिटी चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
जुलुसका सहभागीहरूले भारतीय नाकाबन्दीको विरोधमा चर्को नारबाजी गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै माओवादीका उपत्यका व्युरो इन्चार्ज एवम् पोलिटब्युरो सदस्य दिनेश शर्माले नेपाली जनताको सार्वभौमिकतामाथिको हस्तक्षेपका रुपमा भारतबाट नाकाबन्दी भएको बताए ।
उनले नेपालको आन्तरिक मामिला नेपाली राजनीतिक दलहरू नै समाधान गर्न सक्षम रहेको र त्यसमा भारतीय पक्षले दबाब दिनु अनुचित भएको बताए ।
आन्दोलरत दलहरूको मागलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्नुको साटो सरकारले बल प्रयोग गरिरहेको आरोप पनि उनले लगाए ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता