काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले आज पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि भोलि बिहीबारदेखि निजी सवारी साधन (रातो प्लेट)लाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसक्ने जनाएको छ ।
गृह मन्त्रालय, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, तीनवटै सुरक्षा निकाय र विद्युत् प्राधिकरणको सहभागिता रहेको बैठकले सबै निजी सवारी साधन, ढुवानीका साधन तथा विद्यालय र महाविद्यालयका बसलाई इन्धन उपलब्ध गराउन नसकिने निर्णय गरेको हो ।
बैठकपछि रासससँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आयल निगमसँग भएको इन्धनको मौज्दातलाई ध्यानमा राखेर त्यस्तो निर्णय लिनुपरेको जानकारी दिनुभयो । यो निर्णयमाथि तीन दिनपछि पुनर्विचार हुने बताइएको छ । सार्वजनिक यातायातका सवारी साधनलाई भने जोर, बिजोर प्रणालीका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराइनेछ ।
भोलिदेखि विद्यालयले पेट्रोलियम पदार्थ नपाउने भएपछि देशभरका विद्यालय र विश्वविद्यालयका पठनपाठन प्रभावित हुने भएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो