
निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ नदिइने
काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले आज पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि भोलि बिहीबारदेखि निजी सवारी साधन (रातो प्लेट)लाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसक्ने जनाएको छ ।
गृह मन्त्रालय, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, तीनवटै सुरक्षा निकाय र विद्युत् प्राधिकरणको सहभागिता रहेको बैठकले सबै निजी सवारी साधन, ढुवानीका साधन तथा विद्यालय र महाविद्यालयका बसलाई इन्धन उपलब्ध गराउन नसकिने निर्णय गरेको हो ।
बैठकपछि रासससँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आयल निगमसँग भएको इन्धनको मौज्दातलाई ध्यानमा राखेर त्यस्तो निर्णय लिनुपरेको जानकारी दिनुभयो । यो निर्णयमाथि तीन दिनपछि पुनर्विचार हुने बताइएको छ । सार्वजनिक यातायातका सवारी साधनलाई भने जोर, बिजोर प्रणालीका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराइनेछ ।
भोलिदेखि विद्यालयले पेट्रोलियम पदार्थ नपाउने भएपछि देशभरका विद्यालय र विश्वविद्यालयका पठनपाठन प्रभावित हुने भएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई