
नेपालको लागि आयात गरिएको खाना पकाउने ग्यासका बुलेट वीरगन्जको सिमावर्ती क्षेत्रमा थन्किएको दृश्य । संविधान र प्रदेश सिमाङ्कनको विरोध गर्दै मधेस केन्द्रित दलका नेता तथा कार्यकर्ताले वीरगन्जको इनर्वास्थित दशगज्जा क्षेत्रमा धर्ना बसेपछि ४८० बुलेट ग्यास २० दिनदेखि सीमाक्षेत्रमा थन्किएको छ । तस्बिर ः विजयकुमार महतो, रासस
रौतहट, १३ असोज । नयाँ संविधानप्रति असहमति दर्शाई आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अबदेखि असहयोग आन्दोलन थाल्ने निर्णय गरेको छ ।
रौतहटको गौरमा आज बसेको मधेसी मोर्चाको बैठकले राज्यलाई कर नतिर्न जनतासँग आह्वान गर्दै असहयोग आन्दोलन थाल्ने निर्णय गरेको हो ।
बैठकपछि सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष मेहन्द्रराय यादवद्वारा जारी संयुक्त विज्ञप्तिमा शान्तिपूर्ण, अहिंसात्मक र असहयोग आन्दोलन अन्र्तगत तराई मधेसमा रहेका सरकारी कार्यालय, कर कार्यालय, वित्तीय संस्थालगायतका राजस्व बुझाउनुपर्ने निकायमा राजस्व नबुझाउने निर्णय गरिएको उल्लेख छ ।
साथै, विज्ञप्तिमा हालै राज्य वा राज्यद्वारा प्रायोजित निकायहरूले बन्द गरेको हिन्दी प्रसारण सेवालाई खुला गर्न पनि माग गरिएको छ ।
उक्त बैठकले तीन प्रमुख दलसँग भएको अनौपचारिक वार्ताको समीक्षा पनि गरेको बताइएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा