काँकडभिट्टा (झापा), १३ असोज । सङ्घीय लिम्बूवान पार्टी नेपालले झापा, मोरङ र सुनसरीसहित अरुण पूर्वका नौ जिल्लाको लिम्बूवान भूभागलाई कुनै हालतमा टुक्र्याउन नपाइने धारणा सार्वजनिक गरेको छ ।
पार्टीका नेताहरूले आज झापाको विर्तामोडमा सडकमै पत्रकार सम्मेलनको आयोजना गरेर लिम्बूवान टुक्र्याउन नदिने घोषणा गरेका हुन् ।
पार्टीका अध्यक्ष कुमार लिङ्देनले तत्काल संविधान संशोधन गरेर २०६४ साल फागुन १८ र चैत ५ गते सरकार र लिम्बूवानका राजनीतिक दलबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।
पार्टीका नेता तथा पाँचबुँदे सहमतिका हस्ताक्षरकर्ता सञ्जुहाङ पालुङ्वाले भारतको नाकाबन्दीको दबाबमा परेर झापा, मोरङ र सुनसरी जिल्लालाई मधेस प्रदेशमा मिसाइएमा अहिले मधेसमा चलेको भन्दा भीषण आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएका छन् ।
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर