काँकडभिट्टा (झापा), १३ असोज । सङ्घीय लिम्बूवान पार्टी नेपालले झापा, मोरङ र सुनसरीसहित अरुण पूर्वका नौ जिल्लाको लिम्बूवान भूभागलाई कुनै हालतमा टुक्र्याउन नपाइने धारणा सार्वजनिक गरेको छ ।
पार्टीका नेताहरूले आज झापाको विर्तामोडमा सडकमै पत्रकार सम्मेलनको आयोजना गरेर लिम्बूवान टुक्र्याउन नदिने घोषणा गरेका हुन् ।
पार्टीका अध्यक्ष कुमार लिङ्देनले तत्काल संविधान संशोधन गरेर २०६४ साल फागुन १८ र चैत ५ गते सरकार र लिम्बूवानका राजनीतिक दलबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।
पार्टीका नेता तथा पाँचबुँदे सहमतिका हस्ताक्षरकर्ता सञ्जुहाङ पालुङ्वाले भारतको नाकाबन्दीको दबाबमा परेर झापा, मोरङ र सुनसरी जिल्लालाई मधेस प्रदेशमा मिसाइएमा अहिले मधेसमा चलेको भन्दा भीषण आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएका छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा