
बुधबार दिउँसो ग्यास बुलेट र पेट्रोल टयाङ्कर भारतीय नाका सुनौलीबाट नेपाल भित्रिँदै । तस्बिर ः कमल रायमाझी, सिद्धार्थनगर (रुपन्देही), रासस
लुम्बिनी (रुपन्देही), १३ असोज । भैरहवाको बेलहिया नाका आजदेखि सञ्चालनमा आएको छ ।
नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी र भन्सार कर्मचारीको आजको बैठकले भारतमा रोकिएका मालबाहक सवारीसाधन नेपालमा भित्र्याउने निर्णय गरेसँगै अहिले भैरहवा भन्सार नाकाबाट निर्वाध मालबाहक सवारीसाधन भित्रिरहेको छ ।
भैरहवाको बेलहिया नाकाबाट १०० बढी मालबाहक ट्रक तथा बस नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार साँझ ५ बजेसम्म ५२ ट्रक, छ वटा पेट्रोलका गाडी, एक वटा एलपिजी ग्यास, पाँच कर्बान अक्सिजनका गाडी, २१ बस, ४० बढी भ्यानलगायतका सवारीसाधन नेपाल भित्रिएका छन् ।
नेपाल प्रवेश गरेका ट्रकमा फलफूल, नयाँ मोटरसाइकल, गहँु, चामल, अगरबत्ती, तोरी, सिमेन्ट, प्याज, आलु एवम् टायरलगायतका सामग्री रहेको प्रहरीले जनाएको छ । अहिले पनि मालबाहक सवारीसाधन भित्रिने क्रम जारी छ । मोर्चाका कार्यकर्ता दसगजामा नभएपछि भारतबाट निर्वाधरुपमा नेपालतर्फ सवारीसाधन भित्रिएका हुन् ।
मङ्गलबार सिमानाका बेलहियामा भएको आन्दोलनकारी र प्रहरीबीचको झडप पछि आज भारतीय बजार सुनौली प्रहरी चौकीमा बसेको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी राजस्व गस्ती डण्डका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खनाल, इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी, भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्र प्याकुरेल र भारतका तर्फबाट महाराजगन्जका सहायक सिडिओ (एसडिएम) विक्रम सिंह, भारतीय सीमा सुरक्षा बल (एसएसबी) महाराजगन्जका कमानडेन्ट केएस बानकोटी, सुनौलीका कस्टम अधिकारी पङ्कज श्रीवास्तवलगायतको सहभागिता थियो ।
भारतमा रोकिएका तेलका ट्याङ्कर र अन्य मालबाहक सवारीसाधन भारतीय प्रहरीले कडा सुरक्षाका साथ स्कर्टिङ गरेर सिमानासम्म ल्याइरहेको छ । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ आउने सवारीसाधनमा कुनै अवरोध नगरे पछि अहिले सहजै नेपाल भित्रिएका छन् ।
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल