भक्तपुर, १२ असोज । तीन दलको वार्ता टोली र तराई–मधेस लोकतान्त्रिक पार्टीका नेताबीच आज भएको वार्ता सकारात्मक भएको छ ।
सानोठिमीस्थित तमलोपा अध्यक्ष महन्थ ठाकुर निवासमा तीन दलीय वार्ता टोलीका नेता वन तथा भूरसंरक्षणमन्त्री एवं नेपाली काँग्रेसका नेता महेश आचार्य, नेकपा (एमाले)का नेता अग्नि खरेल र एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच वार्ता भएको हो ।
वार्तापछि नेता आचार्यले ठूला तीन दलका शीर्ष नेताको धारणासहित आजको छलफल भएको जानकारी दिए । आजको भेटवार्ता सकारात्मक भएको जानकारी दिँदै उहाँले मोर्चासँग बुधबार पुनः छलफल गरिने जानकारी दिए ।
वार्तापछि अध्यक्ष ठाकुरले आजको अनौपचारिक छलफल सकारात्मक भएको जानकारी दिँदै बुधबार औपचारिक वार्ताका लागि समय निर्धारण गरिने बताए । अब वार्ता र छलफललाई निरन्तरता दिइने र आन्दोलनलाई पनि निरन्तर रूपमा सहमति नभएसम्म लैजाने मोर्चाको योजना भएको बताए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा