भक्तपुर, १२ असोज । तीन दलको वार्ता टोली र तराई–मधेस लोकतान्त्रिक पार्टीका नेताबीच आज भएको वार्ता सकारात्मक भएको छ ।
सानोठिमीस्थित तमलोपा अध्यक्ष महन्थ ठाकुर निवासमा तीन दलीय वार्ता टोलीका नेता वन तथा भूरसंरक्षणमन्त्री एवं नेपाली काँग्रेसका नेता महेश आचार्य, नेकपा (एमाले)का नेता अग्नि खरेल र एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच वार्ता भएको हो ।
वार्तापछि नेता आचार्यले ठूला तीन दलका शीर्ष नेताको धारणासहित आजको छलफल भएको जानकारी दिए । आजको भेटवार्ता सकारात्मक भएको जानकारी दिँदै उहाँले मोर्चासँग बुधबार पुनः छलफल गरिने जानकारी दिए ।
वार्तापछि अध्यक्ष ठाकुरले आजको अनौपचारिक छलफल सकारात्मक भएको जानकारी दिँदै बुधबार औपचारिक वार्ताका लागि समय निर्धारण गरिने बताए । अब वार्ता र छलफललाई निरन्तरता दिइने र आन्दोलनलाई पनि निरन्तर रूपमा सहमति नभएसम्म लैजाने मोर्चाको योजना भएको बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो