काठमाडौँ, १२ असोज । राष्ट्रिय जनमोर्चाले भारतीय पक्षबाट दैनिक अत्यावश्यक वस्तु आयातलाई समेत रोक्ने उद्देश्यले सीमा नाकामा अघोषित नाकाबन्दी गरिएको जनाउँदै त्यसको विरोधमा आज भारतीय दूतावासमा विरोध पत्र बुझाएको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तेस्रो मुलुकबाट खरिद गरिएका सामग्री भारत हुँदै नेपाल भित्रिनुपर्नेमा नाकाबन्दीका कारण सीमा क्षेत्रमा रोकिएको हुँदा तुरुन्तै नाका सञ्चालन गर्ने व्यवस्थाका लागि माग गरेको थियो ।
भूपरिवेष्ठित मुलुक भएका नाताले पाउने पारवहनसम्बन्धी सुविधालाई रोक्नु भनेको अन्तर्राष्ट्रिय मान्यता र कानुन विपरीतको कार्य भएको बताउँदै सो पार्टीले तराईमा भएको आन्दोलनलाई देखाएर छिमेकी मुलुकलाई अप्ठ्यारो पार्ने ढङ्गबाट नाका अवरोध पु¥याउने काम शोभनीय नभएको जनाएको छ ।
ज्ञापनपत्र बुझाएपछि सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले लामो समयसम्म राख्दा कुहिएर तथा सडेर घाटा पर्छ भनेर माछा, फलफूल, आलुलगायत वस्तु पठाए पनि नेपालका लागि खास आवश्यक पर्ने पेट्रोलियम पदार्थ रोक्नु भनेको छिमेकीको पीडालाई बेवास्ता गर्नु रहेको बताए ।
संविधान लेखन र सङ्घीयताको सीमा निर्धारणका बारेमा आफूहरूको सुझावलाई बेवास्ता गरेको भनी भारतले यसखाले विरोधको रणनीति गरेको हो भन्दै अध्यक्ष केसीले जसरी पनि निर्वाचन जित्नुपर्छ, सरकारमा रहनुपर्छ भन्ने नेपाली हेपिन तयार हुने मानसिकताले पनि यसलाई मलजल गरेको छ, भने ।
उनले भने– “भारतीय न्यायप्रेमी जनतासँग हाम्रो कुनै पनि भेदभाव छैन, नाकामा देखिएको अवरोधले भारतीय पक्षबाट नेपालमाथि हस्तक्षेप गर्न खोजिएको प्रष्ट हुन्छ, यो स्वाभिमानी नेपालीका लागि कुनै पनि हालमा स्वीकार्य हुन सक्दैन ।”
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो