काठमाडौँ, ११ असोज । नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तराई मधेसमा आन्दोलनरत दललाई अविलम्ब वार्ताको टेबुलमा आएर समाधान खोजी राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा नेता नेपालले स्पष्ट नभएका कुरामा थप स्पष्ट हुन, सरकार समेत परिवर्तन हुन लागेको यस घडीमा राष्ट्र निर्माणको अभियानमा सहभागी हुन र मुलुकमा सामाजिक सद्भाव र एकता कायम राख्ने कुरामा योगदान गर्न पनि आग्रह गरे ।
उनले भने, “मुलुकले लोकतान्त्रिक र प्रगतिशील संविधान पाएको छ, अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बेला आएको छ । संविधानसभाको निर्वाचन र संविधान निर्माणको अन्तिम प्रक्रियामा छुटेका साथीहरु राष्ट्र निर्माणको यात्रामा जहाँबाट जतिखेर सकिन्छ, त्यतिखेर नै सामेल हुनुपर्छ । आन्दोलन सञ्चालन गर्ने दलले त्यस्ता अवाञ्छित गतिविधि तुरुन्त बन्द गर्नुपर्छ वा बन्द गर्न सक्दैनन् भने आफूलाई त्यसबाट अलग राख्नुपर्छ ।” नयाँ संविधाले कुनै पनि अर्थमा मधेसका जनतामाथि भेदभाव नभएको उनले बताए ।
नेता नेपालले एमालेका कुनै पनि कार्यकर्ता मधेसमा भइरहेको हिंसात्मक गतिविधिमा संलग्न नभएको र भएको पाइएमा कारबाही हुने जनाउँदै मुलुकलाई नै सङ्कटमा धकेल्ने गरी नाकाबन्दी गर्ने जस्ता कुराले कसैको पनि भलो नगर्ने बताउनुभयो । उनले चाडपर्वको सम्मुखमा आपूर्ति व्यवस्था असहज हुनुले नेपालीमा कष्ट थपिएको उल्लेख गर्दै भन्नुभयो, “दुवानी क्षेत्रमा देखिएको अवरोध अविलम्ब हटाउन र निर्वाध आवागमनको व्यवस्था सञ्चालन गर्न सार्वभौम मुलुकको पारवहन अधिकार दृष्टिबाट पनि म भारत सरकारलगायत सम्बद्ध सबैमा आग्रह गर्दछु ।”
नेता नेपालले मुलुकका अङ्गीकृत नागरिकता लिने बित्तिकै उसले प्रमुख विशिष्ट पदमा जान नपाउने आममान्यता रहेकाले त्यसका नाममा मधेसका व्यक्तिले मन्त्री, सांसद् बन्न पाउँदैनन् भनेर भ्रम फिजाइएकामा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान बनाउँदा कुनै पनि मुलुकले असहमति राख्नुपर्ने अवस्था नरहेको भन्दै नेपालले आफ्नो स्वाभिमानको झण्डा फहराउन पाउनुपर्ने भन्दै तराई मधेसमा जनताका बीच संविधानमा भएका अधिकारबारे स्पष्ट पार्न कार्यकर्ता परिचालन गर्ने नीति लिइएपनि सकेसम्म वार्ता होस् र मुठभेड नहोस् भनेर धैर्य गरेको बताए ।
एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले संविधान जारी भएपछि पार्टीले मङ्गलबार काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको जानकारी दिए ।
पार्टीका उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीलगायत नेता उपस्थिति थिए ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने