बार्सिलोना । गैर आवासीय नेपाली संघ, स्पेनको बार्सिलोनामा बसेको आकस्मिक बैठकले भारतको पछिल्लो हस्तक्षेपप्रति खेद प्रकट गरेको छ । छिमेकी मुलुक भारतले नेपाली जनताका ९० प्रतिशत प्रतिनिधिको सहभागितामा संविधानसभाबाट जारी संविधानप्रति स्वागत र खुशी प्रकट गर्नुको सट्टा उल्टै हस्तक्षेप गरि राष्ट्रिय पारवहन सन्धि विपरित अघोषित नाकाबन्दी सम्म गरेको प्रति संघले घोर भर्त्सना गर्दै खेद प्रकट गरेको छ । साथै उक्त बैठकले संघका वर्तमान अध्यक्ष मुक्त बहादुर गुरुङको नेतृत्वमा आगामी बुधबार म्याड्रिडस्थित भारतीय दूतावासमा पुगी विरोध जनाउने कार्यक्रम समेत तय गरेको छ । उक्त आकस्मिक बैठकमा स्पेनस्थित विभिन्न संघसंस्थाले समेत एक्येवद्धता जनाउंदै भाग लिएका थिए ।
बैठकमा सहभागी नेपाली जनसम्पर्क समिति स्पेन, प्रवासी नेपाली मञ्च स्पेन, नेपाली जन प्रगतिशील मञ्च स्पेन लगायत स्पेनका क्षेत्रीय, जातीय संघसंस्थाका प्रतिनिधिहरुले देशको स्वधीनतामा अांच आउने कुराप्रति सबै नेपाली एकजुट भएर सामना गर्न आव्हान गर्दै भारतको पछिल्लो रवैयाप्रति घोर भर्त्सना समेत गरेका छन् । उक्त बैठक संघका महासचिव उमेश अधिकारीले संचालन गरेका थिए ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले राष्ट्र संकटको घडीमा रहेका बेला राष्ट्रिय स्वाधीनता र अस्तित्वको लडाइंमा प्रवासमा रहेका सम्पूर्ण नेपालीहरु एकजुट हुन आव्हान गर्दै स्पेनको भारतीय दूतावास गई ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी भइदिन विशेष अनुरोध गरेका छन् ।
संघका महासचिव उमेशप्रसाद अधिकारीको नेतृत्वमा अर्को टोलीले बार्सिलोनास्थित भारतीय कन्सुलर कार्यालयमा पुगी खेद प्रस्ताव सहित ज्ञापनपत्र बुझाउने भएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने