
काठमाडौँ, ११ असोज । एकीकृत नेकपा(माओवादी)ले नेपालको संविधान जारी भइसकेको अवस्थामा मुलुकका महत्वपूर्ण र रणनीतिक महत्वको स्थानमा प्रमुख तीन राजनीतिक दलका तर्फबाट आमसभा गर्नुपर्नेमा जोड दिएको छ ।
एमाओवादीको आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय समितिको बैठकले तराई मधेसका विभिन्न जिल्लामा जनपरिचालनसहित आमसभा गर्नुपर्ने निष्कर्ष निकाल्दै नेपाली काँग्रेस र नेकपा(एमाले)लाई पनि त्यसका लागि आग्रह गर्ने निर्णय गरेको छ ।
संविधानमा आदिवासी, जनजाति, मधेसी, थारु समुदायको धेरै हक तथा अधिकार समावेश गरिएको भएपनि केही विषय छुटेका कारण असन्तुष्टि व्यक्त भइरहेको भन्दै त्यसको समाधानका लागि संयुक्त रुपमा जनपरिचालन र आमसभा गर्नुपर्ने निष्कर्ष निकालिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
यस्तै संविधान जारी भइसकेको अवस्थामा दक्षिणी छिमेकी भारतले नेपालमाथि विभिन्न प्रकारको नाकाबन्दी गरेको भन्दै एमाओवादीले जनवर्गीय सङ्गठनको नेतृत्वमा जनपरिचालनसहित सङ्घर्ष गर्ने निर्णय गरेको छ ।
सार्वभौम तथा स्वतन्त्र मुलुकका जनता र राजनीतिक नेतृत्वले आफ्नो संविधान कस्तो बनाउने र कसरी बनाउने भन्ने विषय स्वतन्त्र निर्णय भएकाले कुनै पनि मुलुकले आपत्ति जनाउनुपर्ने र अवरोध गर्नुपर्ने कुनै पनि कारण नभएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।
सरकारले कूटनीतिक पहल गरेर आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गर्न पहल गर्नुपर्नेमा एमाओवादीले जोड दिएको छ ।
यस्तै यही असोज १६ गते सङ्घीय प्रणालीअनुसार ३ र ४ नम्बर प्रदेशको काठमाडौँमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । यस्तै २० गते १ नम्बर प्रदेशको भेला इटहरी, ५ र ६ नम्बर प्रदेशको बाँकेको कोहलपुरमा यही असोज २३ गते भेलाको आयोजना गरिएको छ भने असोज २५ गते प्रदेश नं २ को भेला जनकपुरमा गर्ने वा अन्य कुनै उपयुक्त स्थानमा गर्ने भन्ने बारेमा भने कुनै पनि ठोस निर्णय नभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
यस्तै पार्टीबाट अलग हुनुभएका वरिष्ठ नेता डा बाबुराम भट्टराईलगायत नेतालाई पुनः आफ्नो निर्णयमा पुनःविचार गरी घर फर्कनसमेत बैठकले आग्रह गरेको छ ।
प्रवक्ता शर्माका अनुसार असन्तुष्ट पक्षसँग वार्ता र संवाद गर्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा एक समितिसमेत गठन गरिएको छ । सो समितिले संविधान घोषणा भएपछि विभिन्न रुप र ढङ्गले असन्तुष्टि व्यक्त गर्दै आएका समूहसँग वार्ता गरी समस्याको समाधान गर्न पहल गर्नेछ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल