काठमाडौँ, १० असोज । एकीकृत नेकपा (माओवादी) ले मुलुकलाई एकीकृत गरेर लैजाने अवस्थामा वरिष्ठ नेता डा बाबुराम भट्टराई पार्टी छाडेर हिड्नु राजनीतिक र राष्ट्रको हितमा नभएको निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रिय कार्यालयमा आज बसेको पार्टी केन्द्रीय समितिको बैठकले संविधान जारी भइसकेको र मुलुकमा विभिन्न प्रकारका समस्या देखिएको बेला मुलुकलाई एकतावद्ध बनाएर लैजानुपर्ने बेलामा डा भट्टराईको निर्णय पूर्णत गलत भएको भन्दै पूर्वनिर्णय सच्याउन आग्रह गरेको छ ।
संविधानसभाबाट संविधान बनाउने एजेण्डा एमाओवादीको भएकाले सो एजेण्डा साकार भएको अवस्थामा खुसी मनाएर मुलुकलाई एकीकृत बनाउने र सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाधिनताको रक्षामा केन्द्रित हुनुपर्ने बेलामा हठात् पार्टी परित्याग गर्ने निर्णय फिर्ता लिन डा भट्टराईलाई एमाओवादीले आग्रह गरेको छ ।
यस्तै, बैठकले नेपालको संविधान निर्माण गर्ने निर्णय नेपालको आन्तरिक मामिला भएको र नेपालका राजनीतिक दल तथा सभासद् त्यसका लागि स्वतन्त्र भएकाले सोही बहानामा कुनै पनि छिमेकीले हस्तक्षेप गर्नुसमेत पूर्णत गलत भएको निष्कर्ष निकालेको छ ।
पार्टी प्रवक्ता दीनानाथ शर्माले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेर सीमा नाका बन्द गर्ने प्रवृत्ति गलत भएको भन्दै सरकारले तत्काल कुटनीतिक पहल गरी समस्याको समाधान गर्न बैठकले आग्रह गरेको जानकारी दिए ।
यस्तै, तराई मधेसमा देखिएको समस्या समाधानका लागि तत्काल राजनीतिक पहल गर्न र वार्ताको वातावरण बनाउन सरकारले तत्परता देखाउनुपर्नेमा जोड दिइएको छ ।
संविधान घोषणा भएपछिको अवस्थामा असन्तुस्टि व्यक्त गर्दै आन्दोलनमा लागेको आन्दोलनरत दललाई समेत शान्तिपूर्णरुपमा आफ्ना गतिविधि गर्न र गैर राजनीतिक व्यवहार नदेखाउनसमेत बैठकले आग्रह गरेको छ ।
वार्ता र सम्वादको प्रक्रियामा आएर राजनीतिक समस्यालाई हल गर्न र मुलुकको समस्या समाधान गर्न आन्दोलनरत पक्षलाई एमाओवादीले अनुरोध गरेको छ ।
आन्दोलनका नाममा तराई मधेसमा मारिएका नागरिकलाई उचित क्षतिपूर्ति दिन र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टीको साङ्गठनिक विषय र आगामी कार्यदिशा र संविधान लेखन प्रक्रियाका बारेमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।
सोमबार पार्टीका सल्लाहकारसहितको पूर्णबैठक बस्ने र नयाँ आधारमा अगाडि बढ्ने विषयमा अध्यक्ष दाहालले ठोस प्रस्ताव ल्याउने प्रवक्ता शर्माले राससलाई जानकारी दिए ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ