काठमाडौँ, १० असोज । एकीकृत नेकपा (माओवादी) ले मुलुकलाई एकीकृत गरेर लैजाने अवस्थामा वरिष्ठ नेता डा बाबुराम भट्टराई पार्टी छाडेर हिड्नु राजनीतिक र राष्ट्रको हितमा नभएको निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रिय कार्यालयमा आज बसेको पार्टी केन्द्रीय समितिको बैठकले संविधान जारी भइसकेको र मुलुकमा विभिन्न प्रकारका समस्या देखिएको बेला मुलुकलाई एकतावद्ध बनाएर लैजानुपर्ने बेलामा डा भट्टराईको निर्णय पूर्णत गलत भएको भन्दै पूर्वनिर्णय सच्याउन आग्रह गरेको छ ।
संविधानसभाबाट संविधान बनाउने एजेण्डा एमाओवादीको भएकाले सो एजेण्डा साकार भएको अवस्थामा खुसी मनाएर मुलुकलाई एकीकृत बनाउने र सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाधिनताको रक्षामा केन्द्रित हुनुपर्ने बेलामा हठात् पार्टी परित्याग गर्ने निर्णय फिर्ता लिन डा भट्टराईलाई एमाओवादीले आग्रह गरेको छ ।
यस्तै, बैठकले नेपालको संविधान निर्माण गर्ने निर्णय नेपालको आन्तरिक मामिला भएको र नेपालका राजनीतिक दल तथा सभासद् त्यसका लागि स्वतन्त्र भएकाले सोही बहानामा कुनै पनि छिमेकीले हस्तक्षेप गर्नुसमेत पूर्णत गलत भएको निष्कर्ष निकालेको छ ।
पार्टी प्रवक्ता दीनानाथ शर्माले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेर सीमा नाका बन्द गर्ने प्रवृत्ति गलत भएको भन्दै सरकारले तत्काल कुटनीतिक पहल गरी समस्याको समाधान गर्न बैठकले आग्रह गरेको जानकारी दिए ।
यस्तै, तराई मधेसमा देखिएको समस्या समाधानका लागि तत्काल राजनीतिक पहल गर्न र वार्ताको वातावरण बनाउन सरकारले तत्परता देखाउनुपर्नेमा जोड दिइएको छ ।
संविधान घोषणा भएपछिको अवस्थामा असन्तुस्टि व्यक्त गर्दै आन्दोलनमा लागेको आन्दोलनरत दललाई समेत शान्तिपूर्णरुपमा आफ्ना गतिविधि गर्न र गैर राजनीतिक व्यवहार नदेखाउनसमेत बैठकले आग्रह गरेको छ ।
वार्ता र सम्वादको प्रक्रियामा आएर राजनीतिक समस्यालाई हल गर्न र मुलुकको समस्या समाधान गर्न आन्दोलनरत पक्षलाई एमाओवादीले अनुरोध गरेको छ ।
आन्दोलनका नाममा तराई मधेसमा मारिएका नागरिकलाई उचित क्षतिपूर्ति दिन र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टीको साङ्गठनिक विषय र आगामी कार्यदिशा र संविधान लेखन प्रक्रियाका बारेमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।
सोमबार पार्टीका सल्लाहकारसहितको पूर्णबैठक बस्ने र नयाँ आधारमा अगाडि बढ्ने विषयमा अध्यक्ष दाहालले ठोस प्रस्ताव ल्याउने प्रवक्ता शर्माले राससलाई जानकारी दिए ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा