सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: १७:२६ | UK Time: 12:41

बेलायतबाट विश्व सम्मेलनमा भाग लिने एक सयभन्दा बढि

वीनेपाली
२०७२ असोज १० गते २२:४८

11988513_10207048519468100_5991615642539335497_n
लन्डन । एनआरएन युकेबाट गैर आवासीय नेपाली संघ विश्व सम्मेलनमा भाग लिन नेपाल जाने एक सय भन्दा बढिको नामावली तयार गरिएको छ ।
एनआरएनको अधिवेशनमा भाग लिन बेलायतबाट करिव एक सय ११ जनाको नाम तय हुन लागेको हो । ४ हजार भन्दा बढि सदस्य रहेको बेलायतले बढिमा एक सय जना मात्र अन्तराष्ट्रिय सम्मेलनमा मताधिकारका लागि प्रतिनिधि पठाउन सक्छ । विधान अनुसार १० जना बरावर एक जना पठाउन पाइन्छ । तर, एक सय भन्दा बढि पठाउन नपाइने विधानमा उल्लेख छ । निवर्तमान र वर्तमान आइसिसि सदस्यहरुसहित करिव एक सय ११ जनाले अन्तराष्ट्रिय सम्मेलनमा भाग लिई मताधिकार प्रयोग गर्न पाउनेछन् ।

एनआरएनए युकेको आइतवार लन्डनमा बसेको कार्यसमिति वैठकले अन्तिम नामावली तयार गर्ने जिम्मा अध्यक्ष मुछेत्र गुरुङ, महासचिव विजय विक्रम लिङदेन र निवर्तमान आइसिसि सदस्य थर्क सेनलाई दिएको हो । तीन जनाको सहमतिमा केही दिनभित्र नामावली प्रकाशित गरिने बताइन्छ ।

महासचिव लिङदेनका अनुसार, पहिलो प्राथमिकतामा एनसिसिका कोपमा रहेका सदस्यहरु, कार्यसमितिका सदस्यहरु र एनआरएनए युकेमा योगदान गरेकालाई राखिएको छ । एनआरएनए युकेमा सहमतिमा कार्यसमिति बनाउँदा एनसिसि कोप सदस्यका पदहरु सिर्जना गरिएको थियो । ‘कोपमा रहनु भएका साथीहरु पहिलो प्राथमिकतामा पर्नु भएकोछ’, महासचिव लिङदेनले वीनेपालीसँग भने, ‘त्यसवाहेक पहिले आउने नै प्राथमिकतामा पर्नेछन् । त्यसका लागि केही आर्थिक लगायतका प्रक्रिया पनि पुरा गर्नुपर्छ ।’ एनआरएनको आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा विश्व सम्मेलन हुदैछ ।

संविधानको स्वागत
वैठकले संविधान सभाबाट जारी संविधानको औपचारिक स्वागत गरेको छ । नेपालको संविधान जारी भएको करिव एक सातापछि बसेको एनआरएनए युके कार्यसमितिको वैठकले नयाँ संविधानलाई स्वागत गरेको हो । गत साता संविधान जारी भएको अवसरमा पदाधिकारीहरुको कन्फ्रेन्स वैठकले साउथ इस्ट लण्डनस्थित उलवीचमा दीपावली गर्ने कार्यक्रम तय गरिए पनि ‘जनजाती’ को दवावपछि अध्यक्ष मुछेत्र गुरुङले ‘अन्तिम समय’ मा स्थगित गर्नु परेको थियो । जातीय संगठनहरुको बाहुल्य रहेको बेलायतमा संविधान सभाबाट जारी भएको संविधानलाई दीपावली गरि खुसी मनाउने र संविधान जलाउने काम भएको थियो । जनजातीका अशोक राई समूह, वैद्य माओवादी र मधेसीले जारी संविधानमा आफ्ना अधिकार नपरेको र सिमांकन वैज्ञानिक नभएको भन्दै विरोध गरिरहेका छन् ।

पहिलो वैठकले नेपालमा देखिएको आपूर्ति अभावलाई तत्काल सहज बनाउन कुटनीतिक प्रयास थाल्नु पर्ने सुझाब समेत दिएको छ ।
त्यस्तै वैठकले निवर्तमान अध्यक्ष महेन्द्र कंडेलको योगदानको प्रसंशा गर्दै धन्यवाद दिएको छ । कंडेलले आफ्नो तर्फबाट नयाँ कार्यसमितिलाई बुझबुझारथ समेत गरिसकेका छन् । त्यस्तै वैठकले नोभेम्बर १५ मा पत्रकार र एनआरएन तथा संघसस्थासँग विशेष छलफल गर्ने कार्यक्रम समेत तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक