
लन्डन । बेलायतको राजधानी लन्डनस्थित गत मंगलबार आफ्नै डेरामा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको नाममा फेक एकाउन्टबाट सहयोग संकलन सुरु गरिएपछि बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट गरिएको छ ।
सोमबार (नोभेम्बर १७ तारिख) मध्य रातिदेखि सहयोग संकलन बन्द गरिने घोषणापछि सोमबार नै सुजन शाहको नाममा ‘फेक एकाउन्ट’ खोली सहयोग संकलन सुरु गरिएकाले समितिले गो फन्डमीमा जानकारी गराएको हो ।
स्वर्गीय चन्दका फुपूका छोरा (भाइ) सुजन शाहले आफ्नो नाममा फेक एकाउन्ट खोलेको थाहा पाउँदा आफू स्तब्ध भएको र उक्त एकाउन्ट बन्द गर्न ‘गो फन्डमी’ मा रिपोर्ट गरिसकेको बताउनुभयो । मंगलबार बिहानसम्म https://gofund.me/43bb4352f भन्ने एकाउन्टमा योमन चन्दका लागि ५५३ पाउन्ड जम्मा भएको देखिएको छ ।
‘https://gofund.me/43bb4352f भन्ने एकाउन्ट फेक हो । यसबारे हाम्रो समितिलाई कुनै जानकारी छैन र सहमति पनि छैन। त्यसैले उक्त एकाउन्टमा गएर सहयोग गर्नु भएका साथीहरुले गो फन्डमा गएर आफूले सहयोग गरेको रकम फिर्ता माग्न हामी अनुरोध गर्दछौं,’- समितिका सदस्य तथा एनआरएनए युके अध्यक्ष राजेन्द्र पुडासैनीले भन्नुभयो, ‘यसबारे हामीले प्रहरीसहित सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौं ।’
सुजन शाह र एनआरएनए यूकेका अध्यक्ष पुडासैनीका अनुसार योमनको वास्तविक एकाउन्टमा भने १७ हजार ६३० पाउन्ड उठिसकेको छ । उदार मनले मानवीय अभियानमा सहयोग गर्ने बेलायतस्थित नेपाली समुदायप्रति शाहले आभार व्यक्त गर्नुभएको छ ।
एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यान दार्मा गाउँपालिका- ४ निवासी चन्दको गत मंगलबार बिहान निधन भएको थियो । शव नर्थविक पार्क हस्पिटलमा राखिएको र कोरोनर रिपोर्ट आएपछि उहाँका निकटस्थलाई हस्तान्तरण गरिने जनाइएको छ ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर