
लन्डन । बेलायतको राजधानी लन्डनस्थित गत मंगलबार आफ्नै डेरामा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको नाममा फेक एकाउन्टबाट सहयोग संकलन सुरु गरिएपछि बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट गरिएको छ ।
सोमबार (नोभेम्बर १७ तारिख) मध्य रातिदेखि सहयोग संकलन बन्द गरिने घोषणापछि सोमबार नै सुजन शाहको नाममा ‘फेक एकाउन्ट’ खोली सहयोग संकलन सुरु गरिएकाले समितिले गो फन्डमीमा जानकारी गराएको हो ।
स्वर्गीय चन्दका फुपूका छोरा (भाइ) सुजन शाहले आफ्नो नाममा फेक एकाउन्ट खोलेको थाहा पाउँदा आफू स्तब्ध भएको र उक्त एकाउन्ट बन्द गर्न ‘गो फन्डमी’ मा रिपोर्ट गरिसकेको बताउनुभयो । मंगलबार बिहानसम्म https://gofund.me/43bb4352f भन्ने एकाउन्टमा योमन चन्दका लागि ५५३ पाउन्ड जम्मा भएको देखिएको छ ।
‘https://gofund.me/43bb4352f भन्ने एकाउन्ट फेक हो । यसबारे हाम्रो समितिलाई कुनै जानकारी छैन र सहमति पनि छैन। त्यसैले उक्त एकाउन्टमा गएर सहयोग गर्नु भएका साथीहरुले गो फन्डमा गएर आफूले सहयोग गरेको रकम फिर्ता माग्न हामी अनुरोध गर्दछौं,’- समितिका सदस्य तथा एनआरएनए युके अध्यक्ष राजेन्द्र पुडासैनीले भन्नुभयो, ‘यसबारे हामीले प्रहरीसहित सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौं ।’
सुजन शाह र एनआरएनए यूकेका अध्यक्ष पुडासैनीका अनुसार योमनको वास्तविक एकाउन्टमा भने १७ हजार ६३० पाउन्ड उठिसकेको छ । उदार मनले मानवीय अभियानमा सहयोग गर्ने बेलायतस्थित नेपाली समुदायप्रति शाहले आभार व्यक्त गर्नुभएको छ ।
एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यान दार्मा गाउँपालिका- ४ निवासी चन्दको गत मंगलबार बिहान निधन भएको थियो । शव नर्थविक पार्क हस्पिटलमा राखिएको र कोरोनर रिपोर्ट आएपछि उहाँका निकटस्थलाई हस्तान्तरण गरिने जनाइएको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला