
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङद्वारा लिखित ‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ नामक पुस्तक सार्वजनिक भएको छ ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, न्यु साउथ वेल्सका वाणिज्य वाणिज्यदूत सञ्जीव शर्मा, वर्डलाइफ इन्टरनेसनल एसियाको वरिष्ठ प्रबन्धक डा हुमबहादुर गुरुङ र लेखक गुरुङले सिड्नीमा आयोजित कार्यक्रममा संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
लमजुङबाट काठमाडौँ आएर उच्च शिक्षा हासिल गरी तीन दशकदेखि अष्ट्रेलियामा सफलताको यात्रामा अहोरात्र खटिरहेका सफल व्यवासायी एवं समाजसेवी गुरुङले आफ्नो जीवनमा भोगेका अनुभव, सिकाइ, सफलतालगायतका विषयलाई समेटेर तयार गरेको पुस्तक विशेष गरी युवाका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे ।
लेखक गुरुङका अनुसार गुरुङ समुदायको लाहुरे जीवन, सङ्घर्ष तथा सफलताका लागि नेतृत्व एवं कार्यक्षमता, पेसा व्यवसायप्रतिको समपर्ण, आत्मविश्वास, स्वाभिमान, समाजसेवाप्रतिको लगाव, नेपाल र नेपालीप्रतिको प्रेम, गुरुङ समुदायको चिनारी र गौरवलगायतका विषयवस्तुलाई पुस्तकमा समेट्न प्रयास गरिएको छ ।
पुस्तक लोकापर्ण समारोहमा वक्ताहरूले देश तथा विदेशमा समेत इमानदार, जुझारु, स्वाभिमानी र सङ्घर्षशील छवि बनाउन सफल गुरुङ समुदायका युवा–युवतीलाई लाहुरे बन्ने मोहबाट मुक्त गराउन उचित शिक्षादीक्षासहित सीपमूलक तालिमको व्यवस्था गरी स्वदेशमै प्रहरी, सेनालगायतका सुरक्षा संयन्त्रमा प्राथमिकता दिन, उद्यमशील बनाउन र मातृभूमिमै गरिखाने वातावरण निर्माण गर्न नेपाल सरकारसँग अनुरोध गरे ।
यसैगरी विश्वव्यापीकरणको अवधारणा र सूचना प्रविधिको विकाससँगै समग्र विश्व नै एक गाउँमा रुपान्तरण भएको विद्यमान परिवेशमा विश्वभर नेपाललाई चिनाउन र इज्जत–प्रतिष्ठा अभिवृद्धि गर्न, सिकेका ज्ञान–अनुभव र आर्जन गरेका सम्पत्तिसमेत स्वदेशमा भित्र्याउन महत्वपूर्ण भूमिका रहेको गैरआवासीय एवं प्रवासी नेपालीको हक, हित र अधिकारका पक्षमा नीति तथा कार्यक्रम बनाउन वक्ताहरूले सरकारको ध्यानाकर्षण गरे ।
‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनिक
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग