सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: २०:४१ | UK Time: 15:56

डा बाबुराम भट्टराईले पार्टी परित्याग गरे

वीनेपाली
२०७२ असोज ९ गते १२:४०

Baburam-Bhattaraiकाठमाडौँ । एकीकृत माओवादीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गरेका छन् । आज यहाँ पत्रकार सम्मेलन गरी डा भट्टराईले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

नेपालको राजनीतिमा ४० वर्षसम्म सक्रियतापूर्वक काम गरेको जनाउँदै उनले अब स्वतन्त्र नागरिक भएर बस्ने इच्छा व्यक्त गरेका छन् । गोरखा क्षेत्र–१ बाट संविधानसभा सदस्यमा निर्वाचित डा भट्टराईले अब संसद्को सदस्यसमेत नरहने स्पष्ट पार्दै सभामुखसमक्ष राजीनामा पेस गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक