विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरका अनुसार गत बुधबारदेखि कुनै पनि मालबाहक सवारीसाधन भित्रिएका छैनन् । भारतीय भन्सार एजेन्टका कर्मचारीले विभिन्न बहाना बनाएर काम नगरेको अध्यक्ष परासरको भनाइ छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले भने, “भारतीय पक्षले मालबाहक सवारी अवरोध नगरेको बताइरहेका छन् । तर बुधबार बिहानैदेखि मालबाहक सवारी नेपालतर्फ आएका छैनन् ।” बस्नेतका अनुसार भन्सार अवरुद्ध हुँदा दैनिक रु पाँच करोड १७ लाख राजस्व गुम्दै आएको छ ।
विराटनगर नाकाबाट औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, तेललगायतका दैनिक १५० मालबाहक ट्रक नेपालतर्फ आउने गरेका छन् । नेपाल आउन पर्खेर बसेका झन्डै एक हजार ५०० मालबाहक सवारीसाधन भारतीय बजार जोगवनी हँुदै फारबिस गञ्जसम्म लाइन लागेको अध्यक्ष परासर बताउंछन् ।
विराटनगर भन्सार नाकाबाट खाद्यान्न, तेल, कच्चा पदार्थ पेट्रोल, डिजेललगायतका दैनिक ३०० सम्म मालबाहक ट्रक र ट्याक्टर आउने गरेका छन् । चालीस दिनसम्मको बन्दमा पनि १२५ सम्म मालबाहक सवारीसाधन आउने गरेको तर तीन दिनयता एउटासमेत मालबाहक सवारी नेपाल प्रवेश गर्न पाएको छैन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा