विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरका अनुसार गत बुधबारदेखि कुनै पनि मालबाहक सवारीसाधन भित्रिएका छैनन् । भारतीय भन्सार एजेन्टका कर्मचारीले विभिन्न बहाना बनाएर काम नगरेको अध्यक्ष परासरको भनाइ छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले भने, “भारतीय पक्षले मालबाहक सवारी अवरोध नगरेको बताइरहेका छन् । तर बुधबार बिहानैदेखि मालबाहक सवारी नेपालतर्फ आएका छैनन् ।” बस्नेतका अनुसार भन्सार अवरुद्ध हुँदा दैनिक रु पाँच करोड १७ लाख राजस्व गुम्दै आएको छ ।
विराटनगर नाकाबाट औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, तेललगायतका दैनिक १५० मालबाहक ट्रक नेपालतर्फ आउने गरेका छन् । नेपाल आउन पर्खेर बसेका झन्डै एक हजार ५०० मालबाहक सवारीसाधन भारतीय बजार जोगवनी हँुदै फारबिस गञ्जसम्म लाइन लागेको अध्यक्ष परासर बताउंछन् ।
विराटनगर भन्सार नाकाबाट खाद्यान्न, तेल, कच्चा पदार्थ पेट्रोल, डिजेललगायतका दैनिक ३०० सम्म मालबाहक ट्रक र ट्याक्टर आउने गरेका छन् । चालीस दिनसम्मको बन्दमा पनि १२५ सम्म मालबाहक सवारीसाधन आउने गरेको तर तीन दिनयता एउटासमेत मालबाहक सवारी नेपाल प्रवेश गर्न पाएको छैन ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो