तेहरान (इरान), ८ असोज । सुरक्षाको कमजोरीका कारण बिहीबार मक्कामा ७१७ जना तिर्थालुको मृत्यु हुन गएको भन्दै इरानका अधिकारीहरुद्वारा साउदी अरब तथा हज समितिविरुद्ध प्रदर्शन गरेका छन् ।
सुरक्षा कमजोरीका कारण भएको उक्त दुर्घटनाको जिम्मेवारी साउदी सरकारले लिनुपर्ने भन्दै इरानी अधिकारी तथा विरोधमा उत्रिएका इरानी जनताले सरकारको व्यापक आलोचना गरेका हुन् ।
शुक्रबारै हजका लागि सहभागी हुन गएका तिर्थालुमध्ये १३१ इरानी नागरिक परेको र उनीहरुको आत्माको शान्तिका लागि शोक सभासमेत गरिएको थियो ।
साउदी अरबले तीर्थयात्रुको व्यवस्था गर्न नसक्दा उक्त घटना हुन पुगेको उक्त सभामा इरानका सर्वोच्च नेता आयतोला मोहमद इमामी कासनीले एक साप्ताहिक इस्लामिक प्रार्थनाका अवसरमा गरिएको कार्यक्रमकाबीच बताउनुभयो ।
उहाँले भन्नुभयो¬, “हज व्यवस्थापन समिति सम्बन्धी जिम्मेवारी अरब एक्लैले गर्न नसक्ने भन्दै यो जिम्मा इस्लामिक राज्यहरुलाई दिनुपर्ने बताउनुभयो ।”
प्रार्थनापछि दर्शनार्थीहरुले जम्मा भई अरबको ‘अविवेकी तथा असक्षम शासन सत्ता’ विरुद्ध आन्दोलन गरेको इरानको मुस्लिम धर्म समन्वय परिषद्ले जनाएको छ ।