काठमाडौँ, ८ असोज । सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेस–थरुहटमा भइरहेको शान्तिपूर्ण आन्दोलनलाई निर्णायक रुपमा अघि बढाउन र अन्य मोर्चासँग सहकार्यका लागि वार्ता समिति गठन गरेको छ ।
मोर्चाका संयोजक विजयकुमार गच्छदारको अध्यक्षतामा आज भएको बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको संयोजक गच्छदारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वार्ता टोलीमा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का महासचिव रामजनम चौधरी, राष्ट्रिय मधेस सद्भावना पार्टीका प्रवक्ता केशव झा र मधेसी जनाधिकार फोरम नेपाल (गणतान्त्रिक) का महासचिव सिपी सिंह छन् ।
बैठकले पहिचान र अधिकारका लागि चलिरहेको आन्दोलनलाई निर्णायक बनाउन, अन्य मोर्चासँग आवश्यकताअनुसार एकता, सहकार्य, आपसी सहयोग र तालमेल गर्न तथा सबै सम्भावनाको खोजी गरी मोर्चालाई प्रस्ताव सिफारिस गर्न समितिलाई जिम्मेवारी दिएको विज्ञप्तिमा उल्लेख छ ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा