काठमाडौँ, ८ असोज । सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेस–थरुहटमा भइरहेको शान्तिपूर्ण आन्दोलनलाई निर्णायक रुपमा अघि बढाउन र अन्य मोर्चासँग सहकार्यका लागि वार्ता समिति गठन गरेको छ ।
मोर्चाका संयोजक विजयकुमार गच्छदारको अध्यक्षतामा आज भएको बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको संयोजक गच्छदारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वार्ता टोलीमा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का महासचिव रामजनम चौधरी, राष्ट्रिय मधेस सद्भावना पार्टीका प्रवक्ता केशव झा र मधेसी जनाधिकार फोरम नेपाल (गणतान्त्रिक) का महासचिव सिपी सिंह छन् ।
बैठकले पहिचान र अधिकारका लागि चलिरहेको आन्दोलनलाई निर्णायक बनाउन, अन्य मोर्चासँग आवश्यकताअनुसार एकता, सहकार्य, आपसी सहयोग र तालमेल गर्न तथा सबै सम्भावनाको खोजी गरी मोर्चालाई प्रस्ताव सिफारिस गर्न समितिलाई जिम्मेवारी दिएको विज्ञप्तिमा उल्लेख छ ।
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार