काठमाडौँ, ८ असोज । नेपाल सुन्दर छ भन्ने सन्देश दिन नेपाल कला परिषद्मा आजबाट फोटो प्रदर्शनी सुरु भएको छ ।
अन्तर्राष्ट्रियस्तरमा भूकम्पले देशको सुन्दरतालाई केही बिगारेको छैन भन्ने सन्देश फैलाउन ‘देशलाई हाम्रो खाँचो छ’ भन्ने संस्थाले सो प्रदर्शनीको आयोजना गरेको हो ।
नेपाली सञ्चारमाध्याममा र स्वतन्त्र फोटोग्राफी गर्ने फोटोग्राफरले खिचेको फोटोलाई प्रदर्शनमा राखिएको छ । सुशील श्रेष्ठले खिचेको सोलुखुम्बुको कालापत्थरदेखि चिमी दोर्जे शेर्पाले खिचेको काठमाडौँको धरहरासम्मका फोटाहरू छन् । यस्तै पूर्वको इलामको चिया बगानदेखि पश्चिमको चाँदनी दोधारा पुलसम्मका फोटासमेत प्रदर्शनीमा राखिएका छन् ।
माछापुच्छ«े, अन्नपूर्ण, सगरमाथा, भक्तपुर दरबार स्क्वायर, हनुमानढोका दरबार स्क्वायर, मठमन्दिर, हिमाल, नदीनाला, पहाड, हिमाल, तराई विभिन्न जातजातिका रहनसहन भेषभूषालाई प्रदर्शनमा समेटिएको छ ।
सो प्रदर्शनको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री कृपाशुर शेर्पाले उद्घाटन गर्दै नेपालको इतिहास र सुन्दरता झल्कने तस्बिरले नेपालको पर्यटनलाई थप सहयोग पुग्ने बताए ।
उनले भूकम्पपछि पनि नेपालको सुन्दरतामा केही असर पुगेको छैन भन्ने एउटा उदाहरण यो फोटो प्रदर्शनी भएको उल्लेख गरे । उनले भने, “भूकम्पले नेपालको पर्यटकीय क्षेत्रमा केही असर गरेको छैन ।”
संस्थाका अध्यक्ष अजय रानाभाटले भूकम्पपछि नेपाललाई विश्वले हेर्ने नजर नकारात्मक रहेको भन्दै सकारात्मक सन्देश दिन यो फोटो प्रदर्शन गरिएको बताए ।
उनले प्रदर्शनमा राखिएका फोटालाई प्रतिफोटो रु पाँच हजारसम्म बिक्री गरेर भूकम्पको पुनःनिर्माणमा लगाउने बताए । उनले संस्थाका तर्फबाट हालसम्म धादिङका विभिन्न गाउँमा १७ घरटहरा निर्माण गरिएको पनि जानकारी दिए ।
नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एम सेनिभिराथ्नाले नेपाल प्राकृतिक सुन्दरताले धनी देश भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्नु आवश्यक रहेको औँल्याए ।
प्रदर्शनीमा अजय रानाभाट, विशाल गौतम, अभिषेक साह, विनिता ओली, विसोका मुल्मी, अमिस श्रेष्ठ, उमा विष्ठ, सन्ध्या श्रेष्ठ, मनिस सिलवाल, सन्गेस श्रेष्ठ, तेञ्जिङ सम्दुप, अर्जुनभद्र खनाल, समिर प्रधानाङ्ग, विकेन रञ्जित, उदय कर्माचार्यलगायत २४ फोटोग्राफरले खिचेका ८५ फोटा राखिएका छन् ।
सो अवसरमा उत्कृष्ट फोटोग्राफरलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रदर्शनी आगामी मङ्गलबारसम्म चल्ने आयोजकले जनाएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल