लखन थापामगरलाई प्रथम शहीद घाेषणा गरिएकाेमा मगर संघ युके खुशी

lakhan thapa 1

प्रथम शहीद लखन थापामगर

लण्डन । सरकारले शहीद लखन थापामगरलाई प्रथम शहीद घाेषणाा गरेकाेमा मगर संघ युकेले नेपाल सरकारप्रति अाभार प्रकट गरेकाे छ ।
नेपाल सरकारकाे मन्त्रिपरिषद्काे असाेज ३ गते बसेकाे बैठकले थापामगरलाई नेपालकाे प्रथम शहीद घाेषणा गरेकाे थियाे ।
जहानियाँ राणा शासनका विरूद्ध संघर्ष गर्दा थापालाई वि.सं. १९३३ फागुन २ गते गाेरखामा रूखमा झुण्ड्याइ मारिएकाे थियाे ।
थापालाई वि.सं. २०५६ मा सरकारले शहीद घाेषणा गरे पनि प्रथम शहीद घाेषणा गरिएकाे थिएन । जनस्तर, सामान्य ज्ञान र पाठ्यपुस्तकमा उनलाई प्रथम शहीद मानिए पनि सरकारी तवरबाट प्रथम शहीद घाेषणा नगरिँदा मगर समुदायले लामाे समयदेखि प्रथम शहीद घाेषणा गर्न माग गर्दै अाएकाे थियाे ।
मगर संघ युकेका महासचिव बम सूर्यवंशीले एक विज्ञप्ति जारी गर्दै सरकारप्रति अाभार व्यक्त गरेका छन् ।
मगर संघ युकेले लखन थापामगरकाे सम्झनामा हरेक वर्ष प्रथम शहीद लखन थापामगर कप फुटबल प्रतियाेगिता संचालन गर्दै अाएकाे छ ।
यस्तै, हरेक वर्ष नेपाल अादिवासी जनजाति महासंघ बेलायतसित मिलेर लखन थापामगर स्मृति दिवस मनाउँदै अाएकाे छ ।
यसैगरी, संघले केही वर्षअघि बेलायतस्थित नेपाली दुताबासमा प्रथम शहीद घाेषणाकाे मागसहित ज्ञापन पत्र बुझाएकाे थियाे ।
मगर संघ, युकेले शहिद गेटमा प्रथम शहिदको सालिक राखेर सम्मान गर्न माग गरेकाे छ । यस्तै, नेपाली राजदुतावास लण्डनमा पनि प्रथम शहिद ठूलो फोटो राख्न र स्मृति दिवसकाे अायाेजना गर्न माग गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री