काठमाडौँ, ६ असोज । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनसँग आबद्ध विभिन्न छ राजनीतिक दलले देशको बदलिँदो राजनीतिक परिस्थितिमाथि समीक्षा गर्दै विभिन्न निर्णय गरेका छन् ।
पत्रकारमाझ आज सार्वजनिक गरिएको पाँच बुँदे निर्णयमा हालै जारी गरेको संविधानले विसं २०६२, ६३ को जनआन्दोलन र विभिन्न आन्दोलनको जनादेश, मर्म र भावना विपरीत भएको भन्दै उत्पीडन र विभेदमा परेका वर्ग, समुदायको मागलाई सम्बोधन गर्न नसक्दा मुलुक नयाँ द्वन्द्वतिरउन्मुख भएको जनाइएको छ ।
देशमा हाल देखिएका विभिन्न किसिमका राजनीतिक द्वन्द्वको समाधान गर्न राष्ट्रिय राजनीतिक सभा आवश्यक भएको ठहर गर्दै यस्तो सभामा संविधानसभाको निर्वाचनमा भाग लिएका र बहिष्कार गरेकालाई सहभागी गराई विद्यमान समस्याको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग पनि गरिएको छ ।
हाल देशका विभिन्न भागमा देखिएका आन्दोलनरत शक्तिसँग तत्काल वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न गठबन्धनले एक विज्ञप्तिमार्फत माग गरेको छ ।
यसरी विज्ञप्ति जारी गर्नेमा लोकदलका अध्यक्ष कौशलकुमार सिंह, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कटेल, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्र्सवादी) का महासचिव प्रकाश अधिकारी, बहुजन समाजवाद पार्टी नेपालका अध्यक्ष गङ्गा महरा, लोकतान्त्रिक जनता पार्टीका अध्यक्ष विमल ठाकुर तथा लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष जीवन साह हुनुहुन्छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?