काठमाडौँ, ६ असोज । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनसँग आबद्ध विभिन्न छ राजनीतिक दलले देशको बदलिँदो राजनीतिक परिस्थितिमाथि समीक्षा गर्दै विभिन्न निर्णय गरेका छन् ।
पत्रकारमाझ आज सार्वजनिक गरिएको पाँच बुँदे निर्णयमा हालै जारी गरेको संविधानले विसं २०६२, ६३ को जनआन्दोलन र विभिन्न आन्दोलनको जनादेश, मर्म र भावना विपरीत भएको भन्दै उत्पीडन र विभेदमा परेका वर्ग, समुदायको मागलाई सम्बोधन गर्न नसक्दा मुलुक नयाँ द्वन्द्वतिरउन्मुख भएको जनाइएको छ ।
देशमा हाल देखिएका विभिन्न किसिमका राजनीतिक द्वन्द्वको समाधान गर्न राष्ट्रिय राजनीतिक सभा आवश्यक भएको ठहर गर्दै यस्तो सभामा संविधानसभाको निर्वाचनमा भाग लिएका र बहिष्कार गरेकालाई सहभागी गराई विद्यमान समस्याको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग पनि गरिएको छ ।
हाल देशका विभिन्न भागमा देखिएका आन्दोलनरत शक्तिसँग तत्काल वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न गठबन्धनले एक विज्ञप्तिमार्फत माग गरेको छ ।
यसरी विज्ञप्ति जारी गर्नेमा लोकदलका अध्यक्ष कौशलकुमार सिंह, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कटेल, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्र्सवादी) का महासचिव प्रकाश अधिकारी, बहुजन समाजवाद पार्टी नेपालका अध्यक्ष गङ्गा महरा, लोकतान्त्रिक जनता पार्टीका अध्यक्ष विमल ठाकुर तथा लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष जीवन साह हुनुहुन्छ ।
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार