लण्डन । संविधानसभाबाट नयां संविधान जारी भएको खुशीयालीमा युकेको रेडिंगमा बसोबासरत नेपालीहरुले दीपावली गरेका छन् ।
नेपालमा राष्ट्रपति रामवरण यादवबाट संविधान जारी हुंदै गर्दा रेडिंगका नेपालीहरु भने हर्ष बढाइं गर्न कम्बरल्याण्ड रोडस्थित वेयरहाउसमा जम्मा भएका थिए ।
हाइली स्किल्ड माइग्रेन्ट फोरम रेडिंगको आयोजनामा भएको सो कार्यक्रममा वक्ताहरुले गैरआवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरताको प्रावधान राखिदिएकोमा स्वागत गरेका थिए ।
पूर्व न्यायाधीश नवराज उपाध्याय, अधिवक्ता प्रेम गुरुंगले नयां संविधान भारत र अमेरिकाको संविधानको दांजोमा बढी प्रजातान्त्रिक, समावेशी र लचिलो भएको बताएका थिए ।
फोरमका अध्यक्ष नविन आचार्यले संविधानका बारेमा बोलेका थिए भने कृष्ण न्यौपाने र प्रतिमा केसीले कविता वाचन गरेका थिए । कार्यक्रमको संचालन रमेश कायस्थले गरेका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित