लन्डन । बेलायतस्थित नेपाली व्यवसायीले चौधरी ग्रुपका अध्यक्ष एवं अरवपति विनोद चौधरीसंग सोमबार भेट गरेका छन् । व्यवसाय विस्तारका क्रममा गृहकार्य गर्न लन्डन आएका बेला चौधरीसंग यहांका व्यवसायीले मोन्टकाम होटल मार्वलआर्च गएर भेटेका हुन् ।
फोर्ब्स पत्रिकाको सूचीमा परेका नेपालका एकमात्र विलिनियर चौधरीले लन्डनमा समेत होटल व्यवसाय सञ्चालन गर्ने सोचाइ बनाइरहेको भेटमा सहभागी एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले वी नेपालीलाई जनाए । विनोदका छोरा बरुण चौधरी समेत लन्डनमा छन् ।
‘युरोपतिर हस्पिटालिटी व्यवसाय विस्तार गर्ने उहांको सोच रहेछ’, भण्डारीले भने, ‘छोटो मिठो भेटघाट भयो । उहांका प्रेरणादायी भनाइले हामी व्यवसायीलाई पनि उर्जा प्रदान गर्ने रहेछ ।’
भेटमा भण्डारी, व्यवसायीहरु होली काउ ग्रुपका प्रवन्ध निर्देशक कुल आचार्य, मन्टिज रेष्टुरेन्टका सञ्चालक महन्त श्रेष्ठ, खुकुरी बियरका बजार निर्देशक प्रशान्त कुंवर, आसबहादुर गुरुङ लगायत सहभागी थिए ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग