
बेलायतका नेपाली व्यवसायीले भेटे अरवपति चौधरी
लन्डन । बेलायतस्थित नेपाली व्यवसायीले चौधरी ग्रुपका अध्यक्ष एवं अरवपति विनोद चौधरीसंग सोमबार भेट गरेका छन् । व्यवसाय विस्तारका क्रममा गृहकार्य गर्न लन्डन आएका बेला चौधरीसंग यहांका व्यवसायीले मोन्टकाम होटल मार्वलआर्च गएर भेटेका हुन् ।
फोर्ब्स पत्रिकाको सूचीमा परेका नेपालका एकमात्र विलिनियर चौधरीले लन्डनमा समेत होटल व्यवसाय सञ्चालन गर्ने सोचाइ बनाइरहेको भेटमा सहभागी एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले वी नेपालीलाई जनाए । विनोदका छोरा बरुण चौधरी समेत लन्डनमा छन् ।
‘युरोपतिर हस्पिटालिटी व्यवसाय विस्तार गर्ने उहांको सोच रहेछ’, भण्डारीले भने, ‘छोटो मिठो भेटघाट भयो । उहांका प्रेरणादायी भनाइले हामी व्यवसायीलाई पनि उर्जा प्रदान गर्ने रहेछ ।’
भेटमा भण्डारी, व्यवसायीहरु होली काउ ग्रुपका प्रवन्ध निर्देशक कुल आचार्य, मन्टिज रेष्टुरेन्टका सञ्चालक महन्त श्रेष्ठ, खुकुरी बियरका बजार निर्देशक प्रशान्त कुंवर, आसबहादुर गुरुङ लगायत सहभागी थिए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने