लन्डन । बेलायतमै निर्मित नेपाली कथानक चलचित्र यू टर्नको रेड कार्पेट प्रिमियर शो आगामी शनिवार रेडिङमा हुने भएको छ ।
आइतबार लन्डन ब्लु अर्किड रेष्टुरेन्टमा आयोजित एक पत्रकार सम्मेलनमा फिल्मका निर्देशक प्रेम लामाले रेडिङस्थित लाइफ इस्प्रिङ चर्च द पेभिलियनमा दिउसो एक बजे रेड कार्पेट शो हुने जानकारी दिएका हुन् । त्यसै अवसरमा सिने अवार्ड एवं डिजे डान्स र डिनरसमेत हुने लामाले जनाए ।
२४ वर्ष यता बेलायत बस्दै आएका लामो यू टर्न तेश्रो फिल्म हो । यसअघि उनले मेनिका र कसुर बनाइसकेका छन् । लामो समय रेष्टुरेन्ट व्यवसायमा संलग्न उनी नेपाली चलचित्र प्रवर्धनका लागि यस क्षेत्रमा समर्पित हुने बताउंछन् ।
यूटर्नमा विदेशीएका नेपालीको कथा छ । विदेश रहंदाका तीता मिठा भोगाइ प्रष्ट्याउने उक्त चलचित्रले नेपालीलाई स्वदेश फर्कन प्रेरित गर्ने निर्देशक लामाले जनाए । ‘देश र माटोमा केही खोट छैन्, खोट छ त हाम्रँे विचारमा’, निर्देशक लामाले फिल्मले दिने सन्देशबारे भने, ‘फिल्ममार्फत अब नेपाल गएर केही गरौं भन्ने सन्देश दिन म प्रयासरत छु ।’
निर्देशक लामाले फिल्म निर्माणमा प्रविधि र लगानीका हिसावले कुनै सम्झौता नगरिएको जनाए । बेलायतमा फिल्म छायांकन आफैंमा सहज नभएपनि आफ्नो अनुभव, स्थानीय प्रशासनसंगको सहकार्यले अप्ठेरो महशुस गर्न नपरेको अनुभव सुनाए ।
पत्रकार सम्मेलनमा फिल्मका तर्फबाट लामा, दीपक गुरुङ र विसन गुरुङले आ आफ्ना अनुभव सुनाएका थिए ।
निता पुन, इतिसा नेम्वाङ राई, प्रेम लामा, दीपक गुरुङ लगायत बेलायतमै रहेका कलाकारहरुले अभिनय गरेको उक्त फिल्म छायांकन पनि यहीं गरिएको हो । करिब तीस हजार पाउण्ड (५० लाख रुपैयां) लगानीमा बनेको यू टर्न बेलायतका विभिन्न शहर र नेपालमा समेत प्रदर्शन गर्ने सोच निर्माण पक्षको छ । प्रेमिस भिजनका लागि तारा लामाले फिल्म प्रस्तुत गरेकी हुन् भने निर्माता छन् दिनेशकुमार लामा ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते