लण्डन । नेपालमा संविधानसभामार्फत राष्ट्रपति डा. रामवरण यादवले नयां संविधानको घोषणा गर्दै गर्दा लण्डनको मुटु ट्राफलगर स्क्वाएरमा भने एक समूहले संविधान च्यात्दै जलाउंदै थियो ।
नयां संविधानमा पहिचानको पांच र सामर्थ्यकाे चार आधारमा राज्यको पुनसंरचना नभएको, आदिवासी जनजातिको बाहुल्यता र पहिचान गाँसिएका क्षेत्रहरुलाई भूमाफियाले जस्तो गरी क्लष्टर छुट्याएर भाग लगाइएको आरोप लगाउंदै संविधान जलाइएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य भगवान चाम्लिंगले बताए ।
भूपू गोरखाका सन्तानहरुलाई दोहोरो नागरिकताको व्यवस्था संविधानमा नगरिएको, धर्म निरपेक्षताको गलत व्याख्या गरिएकोले संविधान च्यात्नु परेकाे चाम्लिंगले थपे ।
कार्यक्रमको आयोजना फोरमको युकेस्थित भातृ संस्था संघीय समाज युके, नेपाल आदिवासी जनजाति महासंघ युके र राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन हिमालयन अर्गनाइजेसनले संयुक्त रुपमा गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते