लन्डन । अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठान, बेलायतले वैरागी काईंलासहित वरिष्ठ नेपाली साहित्यकारहरुसंग लन्डनमा अन्तरक्रिया गर्ने भएको छ ।
प्रतिष्ठानले अक्टोबर ११ का दिन लन्डनस्थित ब्लु अर्किड रेष्टुरेन्टमा ‘डायष्पोरामा आयामेली सन्दर्भ, आख्यानको विमर्श तथा साहित्य र पत्रकारिताको अन्तर सम्बन्ध’ विषयक अन्तरक्रिया गर्न लागेको हो ।
उक्त साहित्यिक कार्यक्रम बैरागी काईंलाका साथै साहित्यकार एवं पूर्वमन्त्री बलदेव मजगैंया, साहित्यकार राजन मुकारुङ, साहित्यकार वियोगी बुढाथोकी, साहित्यकार तथा पत्रकार राजकुमार दिक्पालको विशेष आतिथ्यमा हुने प्रतिष्ठानकी महासचिव जयालक्ष्मी राईले बताइन् ।
नेपाली साहित्यमा ‘आयामेली आन्दोलन’ (२०२०) इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काईंलाबाट प्रारम्भ भएको थियो । आयामेली आन्दोलनले पारम्परिक सिर्जनालाई चेप्टो साहित्य भन्दै विषयवस्तु, शिल्प–संरचना र भाषाशैलीमा नयांपन खोजेको पाइन्छ ।
दार्जिलिङबाट शुरु भएको यो आन्दोलन नेपाली साहित्यमा धेरै प्रभाव छ ।
वैरागी काईंला आयामेली आन्दोलन मार्फत साहित्य क्षेत्रमा नयां युगको शुरुवात
गर्ने साहित्यकारको रूपमा चिनिन्छन् । उनी थोरै कविता लेखेर धेरै चर्चित प्राज्ञमा समेत दरिन्छन् ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?