भूकम्प पीडितलाई घर बनाइदिन लन्डनमा च्यारिटी

12002815_869811696420179_4000579184364599690_n

चौधरी (बायां) र गुरुङ

लन्डन । बेलायतमा सक्रिय समाजसेवी दुई महिला लक्ष्मी राई (लारा) र बबी लामा नेतृत्वको संस्थाले शुक्रबार सांझ लन्डन ह्यारो बरो फुटबल क्लवमा एक च्यारिटी कार्यक्रम गरेको छ । कार्यक्रमको उद्देश्य भूकम्पबाट क्षतविक्षत केही घर बनाइदिने थियो । लारा आवद्ध जुनकिरी इनिसियटिभ्स् र बबीको मिसन टु हेल्प नेपालले ‘होम्स् फर ह्यूम्यानिटी’ प्रोजेक्टका लागि च्यारिटी गरेको हो । वसन्त चौधरी फाउण्डेशनको समन्वयमा उक्त प्रोजेक्टले सिन्धुपाल्चोकमा २५ परिवारका लागि इको फ्रेण्ड्ली र सोलार प्यानलसहितको पक्की घर बनाइदिने योजना सारेको छ । कार्यक्रमकै लागि नेपालबाट आइपुगेका थिए वसन्त चौधरी फाउण्डेशनका अध्यक्ष, उद्योगपति एवं कवि वसन्तकुमार चौधरी ।

डेढ घण्टा भन्दा लामो नरहेको उक्त कार्यक्रममा पत्यारलाग्दो भाषण थिएन । मन्तव्यका क्रममा प्रमुख अतिथी वसन्तकुमार चौधरीले नेपालमा पुनर्निर्माण र पुर्नस्थापना आवश्यक रहेको जनाउंदै बेलायतवासी नेपालीबाट सहयोगको अपेक्षा गरे । उनले नेपालको घाउमा मल्हम लगाउन बेलायतवासी नेपालीको हात र हेरचाह चाहिएको पनि बताए । उनी भूकम्प पीडितका लागि यहांका नेपालीको तत्काल सहयोगप्रति आभारी थिए । चौधरी अध्यक्ष रहेको वसन्त चौधरी फाउण्डेशनले भूकम्प लगत्तै नेपाल सरकारमार्फत एक लाख २५ हजार प्याकेट इनर्जीयुक्त बिस्कुट, प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयां र नर्भिक अस्पतालमार्फत विरामीहरुलाई निशुल्क उपचार व्यवस्था मिलाइदिएको थियो । चौधरीकै पहलमा मोरक्को सरकारले भूकम्प पीडितलाई दश लाख डलर प्रदान गरेको छ ।

श्रद्धा गुरुङ र लेक्स लिम्बुले सञ्चालन गरेको पहिलो सत्रको कार्यक्रममा विशेष अतिथी नवनियुक्त एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले लारा र बबी लामाको पहल सरहानीय रहेको बताउंदै उनीहरुको प्रोजेक्टमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेपालमा विनाशकारी भूकम्प आउंदा बेलायतवासी नेपाली समेत धेरै रात निदाउन नसकेको स्मरण गरेका थिए ।

12038183_10207841311420588_1721469350289927426_n

मिसन टु हेल्प नेपालकी अध्यक्ष बबी लामा

 

कार्यक्रमको दोश्रो सत्रमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको महासचिव समेत रहेकी लाराद्वारा लिखित कविता संग्रह ‘लाराका कविता’ विमोचन गरियो । उक्त संग्रह प्रमुख अतिथी चौधरी, विशेष अतिथी गुरुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका अध्यक्ष डा. रुपक श्रेष्ठ, मिसन टु हेल्प नेपालकी अध्यक्ष बबी लामा लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

संग्रह प्रकाशकका तर्फबाट लुनकरण दास एण्ड गंगा देवी चौधरीका अध्यक्ष वसन्त चौधरीले बेलायतमा नेपाली साहित्यलाई ज्यंूदो राख्न नेपाली साहित्यकारहरुको अथक प्रयासप्रति धन्यवाद दिए । उनले लाराको कवितामा सार्वजनिक पीडा, नारी मन, परिस्थिति र दुःख समावेश भएको पनि उल्लेख गरे । डा. श्रेष्ठले लारा समाजसेवी मात्र नरहेर एक उत्कृष्ट कवयित्री समेत भएको प्रमाणित संग्रहले गरेको टिप्पणी गरे । उक्त सत्र शशी थापा सुब्बाले सञ्चालन गरेकी थिइन् ।

उक्त अवसरमा विमला सेनेलाई ‘वुमन इन्सपायरिङ वुमन’ अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा मिसन टु हेल्प नेपालकी अध्यक्ष लामाले धन्यवाद दिएकी थिइन् । कार्यक्रममा फाउण्डेशन फर इन्डियन परफर्मिङ आर्टस् (फिपा) की भाग्य लक्ष्मीले शास्त्रीय नृत्य प्रस्तुत गरिन् भने शर्मिला बर्देवा र सपन कुमार राईले ‘जहां छन् वुद्धका आंखा…’ गाए । विशाल रेग्मी र गंगा थापासहित विदेशी वाद्यवादक संलग्न नाम्लो ब्याण्डले पनि विभिन्न संगीत प्रस्तुत गरेका थिए ।

12038429_10207997061989065_609279469134263738_n

 

 

अवार्ड ग्रहण गर्दै विमला सेने,  तस्विरः दिनेश परियार, रेडियो राइनो

अवार्ड ग्रहण गर्दै विमला सेने, तस्विरः दिनेश परियार, रेडियो राइनो

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री