बेलायतबाट एनआरएन केन्द्र ताक्नेहरु

Kul Acharya

कुल आचार्य

लन्डन । १४ देखि १७ अक्टोबर काठमाण्डौंमा हुने गैर आवासीय नेपाली संघ 
(एनआरएनए) को सातौं महाधिवेशन तथा विश्व सम्मेलन नजिकिंदै गर्दा यतिखेर विभिन्न देशबाट उम्मेदवारी घोषणाको माहौल छ । एनआरएनको जननी देश बेलायतबाट समेत केन्द्र (आइसीसी) मा लड्न केही अगुवा जोसिएका छन् ।

हालसम्म विभिन्न मिडियाबाट उम्मेदवारी घोषणा गर्ने बेलायतबाट तीनजना छन् । यहांका सफल व्यवसायी एवं एनआरएनए यूके पूर्व अध्यक्ष कुल आचार्य, समाजसेवी लक्ष्यबहादुर गुरुङ र व्यवसायी सुरेन्द्र श्रेष्ठले उम्मेदवारी दिने भएका हुन् ।
एनआरएनए यूके पूर्व अध्यक्ष आचार्यले साथीहरुको सुझाव सल्लाह र आफ्नो आत्मविश्वासले युरोप संयोजकमा उठ्ने सोचाइ बनाएको बताए ।
एनआरएनए मानवीय तथा कल्याणकारी समितिका सहसंयोजक आचार्यले हालै युरोप भ्रमण गरेर जनमत लिएपछि उक्त पदमा उम्मेदवारी दिन उनी अझ प्रेरित भएको कतिपयको बुझाइ छ ।
एनआरएनए यूकेमा सदस्य, उपाध्यक्ष हुंदै अध्यक्ष बन्न सफल भएका उनको तीन कार्यकाल सफलतापूर्वक बितेको थियो । सदस्य चुनिए लगत्तै उनको संयोजकत्वमा तीन महिनाभित्र काठमाण्डौ त्रिभुवन एयरपोर्टमा ४० वटा ट्रली पुगेका थिए । उपाध्यक्ष हुंदा वेलफेयरका २२ विभिन्न काम गर्दा उनी अध्यक्षका लागि योग्य सावित भइसकेका थिए । कल्याणकारी कामको प्रस्तुतिले नै बहुमतबाट अध्यक्ष पद आएको थियो उनको कांधमा ।

Attachment-1

लक्ष्यबहादुर गुरुङ

एनआरएनए यूके अध्यक्षका हैसियतमा उनले पहिलो ओलम्पियन स्वर्गीय भुपेन्द्र सिलवाललाई लन्डन झिकाएका थिए । उनैले स्वदेश तथा प्रवासमा कार्यरत नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि एवं प्रोत्साहनका लागि पत्रकार अक्षय कोष स्थापना गरे । बेलायतबाट नेपालमा लगानी भित्र्याउने सवालमा पनि आचार्यको भूमिका कम रहेन । आफू अध्यक्ष हुंदा गैर आवासीय नेपालीहरुको संयुक्त लगानीमा बन्ने ५ अर्व रुपैंया बजेटको जलविद्युत योजनामा बेलायतवासी नेपालीको संलग्नता होस् वा जुम्लामा बर्थिङ सेन्टरका लागि पैंतिस लाख सहयोग पठाउने जिम्मा होस्, क्रेडिट आचार्यलाई नै जान्छ ।
किचन पोर्टर देखि मिलिनियरसम्म बनेका उनी भन्छन्, ‘इमान्दारिता, लगनशीलता र कडा परिश्रम नै सफलताका कडी रहेछन् ।’

पर्वत धाइरिङ ९ मा जन्मिएका आचार्य सन् १९९९ मा यूके आए । शुरुमा रेष्टुरेन्टको किचन पोर्टर भएर जागिर थालेका उनलाई ६ वर्षको अनुभव र मिडियाको निरन्तर सहयोगले आफैं केही गरौं भन्ने लागेछ । सन् २००५ डिसेम्बरमा बम्बइ बाइसाइकल छोडेर आफ्नो बेग्लै रिसिपीमा स्वस्थकर खाना पस्कने उद्देश्यले होली काउ नामक टेक वे शुरु गरे सन् २००६ देखि । एक जना चालक, दुई जना फ्रण्ट र तीनजना किचनमा बसेर शुरु भएको थियो पहिलो होली काउ ब्रान्च, ब्याटर्सी पार्क रोडमा । सेफ आचार्य आफैं थिए । इण्डियन र नेपाली खानाको फ्युजनमा सञ्चालित उनको टेक वे शुरु देखि नै चल्यो । त्यसपछि सन् २०१० सम्म वर्षैपिच्छे एक एक वटा र सन् २००९ मा एकैवर्ष दुई वटा टे वे खोलेपछि हाल उनका सातवटा ब्रान्च छन् यूकेका विभिन्न शहरमा । ति टेक वेका वार्षिक टर्न ओभर करिब ५ मिलियन छ ।

सुरेन्द्र श्रेष्ठ

सुरेन्द्र श्रेष्ठ

उता, गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि संलग्न समाजसेवी गुरुङले गैर आवासीय नेपाली संघको केन्द्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । सन् २००५ मा बेलायत आउनासाथ गैर आवासीय नेपाली संघ यूकेमा संलग्न भएका उनले २००६ देखि ०८ मा कार्यसमिति सदस्य, २००९ देखि २०११ मा आइसीसी सदस्य, २०११ देखि १३ मा विदेशमा नेपाली सामानको प्रवर्धन गर्न गठित कार्यदलको सदस्य, २०११ देखि १३ मै युरोप क्षेत्रको क्षेत्रीय उपसंयोजक को रुपमा काम गरिसकेका छन् । हाल उनी एनआरएनए यूकेको सल्लाहकारको रुपमा सकृय छन् । एक घोषणापत्र जारी गर्दै गुरुङले यसअघि संघको नेतृत्वले अघि सारेका निर्णयहरु कार्यान्वयन गर्दै जान तथा गैरआवासीय नेपाली अभियानलाई हाम्रो जन्मभूमि एवम् कर्मभूमि दुबैको हितमा लगाउन आफूले उम्मेदवारी दिन लागेको बताए ।

साथै, एनआरएनए अभियन्ता सुरेन्द्र श्रेष्ठले पनि केन्द्रिय सचिवमा लड्ने घोषणा गरेका छन् । आफ्नो उम्मेदवारी घोषणासंगै नेकपा एमाओवादी बेलायतको अध्यक्ष पदबाटै राजिनामा दिएर अहिले उनी मत माग्न तल्लीन छन् । एनआरएनए यूके पूर्व सचिव, सल्लाहकार र आइसीसी सदस्य समेत भइसकेका श्रेष्ठ संघको स्थापनाकाल देखि नै सक्रिय छन् ।

थर्क सेन

थर्क सेन

बेलायतबाटै थर्क सेनले युरोप सहसंयोजकमा उठ्ने जनाएका छन् ।

आचार्य संयोजकमा लड्ने भएपछि साथीभाइको सल्लाहमा आफूले संयोजक छाडेको उनले बताए । सेन एनआरएन अभियानमा स्थापनाकालदेखि नै सक्रिय छन् ।

उनले एनआरएनए यूकेको सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष र आइसीसी सदस्य भएर काम गरिसकेका छन् । सातौं विश्व सम्मेलनका लागि यूके समितिको तर्फबाट संयोजक रहेका सेन ब्रिटिश आर्मीमा १६ वर्ष सेवा गरेर सन् २००४ मा अवकास लिएयता बेलायतमै स्थायी रुपमा छन् ।

यसैबीच, लन्डन आएका बेला एनआरएनए आइसीसी अध्यक्ष शेष घलेले अर्को कार्यकाल पुनः दोहोर्याउने उद्घोष गरेका छन् । एनआरएनए यूके कार्यसमितिले लन्डनस्थित नेपाली दूतावासमा गत बिहीबार सांझ गरेको एक कार्यक्रममा घलेले बेलायत एनआरएनलाई साक्षी राखेर अध्यक्षमा लड्ने जनाउंदै पहिलो कार्यकाल जत्तिकै सामाजिक काममा समर्पण हुने अठोट व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री