लन्डन । बेलायतको छोटो भ्रमणमा आएका गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसी अध्यक्ष शेष घलेले आगामी अक्टोबरमा हुने संघको नयां नेतृत्व निर्वाचनमा दोश्रो कार्यकालका लागि अध्यक्ष लड्ने घोषणा गरेका छन् । गैर आवासीय नेपाली संघ, बेलायतको नवनिर्वाचित कार्यसमितिले लन्डनस्थित नेपाली दूतावासमा बिहीबार सांझ गरेको पहिलो सार्वजनिक कार्यक्रममा घलेले उक्त घोषणा गरेका हुन् ।
घलेले आफू बसेको अष्ट्रेलियास्थित नेपाली समुदायले यहींबाट अध्यक्ष घोषणा गर्न बारम्बार आग्रह गरेको स्मरण गर्दै भने, ‘अष्ट्रेलिया, अमेरिका र पोर्चुगलबाट बचेर आएको थिएं, लन्डनबाट चाहिं घोषणा गर्न प्रेरित भएं ।’
उनले अर्को दुई वर्ष जिम्मेवारी लिन चाहेको जनाउंदै फेरि निरन्तरता दिंदा पहिलो कार्यकालमै दिएको जत्ति समय र कोशिस गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ‘मेरो प्रतिवद्धता, समय र कोशिसमा पहिलो भन्दा कत्ति पनि कम हुन दिने छैन्’, घलेले दूतावासमा यसो भन्दा सयौं सहभागीले निरन्तर तालीले साथ दिएका थिए ।
यसअघि रतन झाले पनि अध्यक्षमा लड्ने घोषणा गरिसकेका छन् । संघको सातौं महाधिवेशन तथा विश्व सम्मेलन आगामी १४ देखि १७ अक्टोबर काठमाण्डौंमा हुंदैछ । नेपाल सरकारले गैर आवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति समेत गठन गरिसकेको छ ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले गैर आवासीय नेपालीले नेपालको समृद्धि र आर्थिक विकासमा सघाउन सक्ने उल्लेख गरे । उनले एनआरएनले भूकम्पका बेला दूतावासलाई सहयोग गरेकामा सबैमा धन्यवाद समेत दिए । क्षेत्रीले भूकम्प लगत्तै घलेलाई नेपाल सरकारले विशेष दूतको कार्यभार दिएको जनाउंदै घलेको योजना सफल हुने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा तमुधिं यूकेले अध्यक्ष घलेमार्फत भूकम्पबाट क्षतविक्षत नेपालको पुनर्निमाणका लागि एक करोड, एघार लाख, एघार हजार एकसय ११ रुपैंयाको चेक प्रदान गरेको छ । तमुधिं यूके अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङले उक्त चेक प्रदान गरेका हुन् । तमुधिं यूकेले यसअघि लन्डनस्थित नेपाली दूतावासमार्फत १० लाख रुपैयां प्रधानमन्त्री राहत कोषमा पठाइसकेको थियो ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान