लन्डन । यही सेप्टेम्बर तथा अक्टोबर महिनामा ह्यारो, अल्डरशट तथा फार्नबरोमा हुन लागेको देउराली साँझ २०१५ मा भाग लिन चर्चित गायकहरु कृष्ण गुरुङ, रेवत राई र मेलिना राई लण्डन आइपुगेका छन् ।
नेपालका भूकम्पपीडित तथा ब्रिटिश च्यारिटी क्यान्सर रिसर्च युकेको सहयोगार्थ बर्न्टओक नेपाली समाजले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । अर्की कलाकार नीता गुरुङ शुक्रबार लण्डन आइपुग्ने बताइएको छ ।
नेपालमा तीन पटक स्वर्ण पदक जितिसकेका कृष्ण गुरुङ वरिष्ठ लोक गायक हुन् भने खोटाङका रेवत राई फर्स्ट रनर अप हुन्। विसं २०६५ मा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय प्रतियोगिताकी विजेता मेलिना राईले “डाँडै काटी जाने भए काटी जाउ मायालु…” लगायत थुप्रै लोकप्रिय गीत गाएकी छिन्। त्यस्तै लोक गायिका नीता गुरुङ नायिका पनि हुन् ।
यसबाहेक विभिन्न कलाकारले नेपाली नृत्य र अतिथि कलाकारहरुले साल्सा तथा बेली डान्स प्रस्तुत गर्ने आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रम १९ सेप्टेम्बर शनिबार ह्यारो लेजर सेन्टर ह्यारो, २६ सेप्टेम्बर शनिबार प्रिन्सेस हल अल्डरशट र ३ अक्टोबर शनिबार एससिएसएससी ओकफार्म, फार्नबरोमा हुंदैछ ।
“आफूलाई पायक पर्ने स्थानमा सपरिवार उपस्थित भएर भव्यताका साथ कार्यक्रम सफल पारीदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौ,” सांगीतिक साँझका आयोजकमध्ये एक रत्न गुरुङले भने । विदेशमा बसेर पनि नेपाली संगीत र कलाको प्रवर्द्धनमा सघाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको उनले जनाए ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]