लन्डन । साउथ ईस्ट लन्डनको पशुपतिनाथ मन्दिरको आयोजनामा नेपाली महिलाहरुको बिशेष पर्व तीज भब्य रुपमा सम्पन्न भएको छ । एसियन कम्युनिटी हल प्लमस्टीडमा सम्पन्न तीज कार्यक्रममा प्रतिकुल मौसमको बावजुत पनि स्थानीय महिलाहरु उल्लासमय रुपमा सहभागी भए । रातै साडीमा सजिएका महिलाहरु समूहगत नाच गानमा रमाएका थिए ।
मन्दिरको पूजा कक्षको प्रस्तिस्थापन सहित पण्डित निलहरी घिमिरे तथा बिनोद पन्थीले सचालन गरेको तीज बिशेष पूजामा महिलाहरु भक्तिपूर्वक आराधना गरेका थिए । सामूहिक आरति तथा बिसर्जन पूर्व तीज पर्वको महिमा माथि प्रवचन गरिएको थियो ।
मन्दिर समितिका अध्यक्ष बालजंग आर्यालले महिला विशेष पर्वको लागी मन्दिरले कार्यक्रम आयोजना गर्न पाउनु खुशीको कुरा रहेको बताए । कार्यक्रममा करिब सात सय महिला सहभागी भएको जानकारी कार्यक्रम संयोजक सहदेब गिरीले दिएका छन् । कार्यक्रमको लागी मन्दिर समितिका पदाधिकारी तथा ट्रस्टिहरु लगायत पुरुषहरु व्यवस्थापनमा सक्रिय देखिन्थे ।
यसैगरी तीज पर्व संगै जोडिएको महिलाहरुले बस्ने पंचमी ब्रतको अवसरमा समेत मन्दिरमा बिशेष पूजाआजा आयोजना गरिएको जानकारी आयोजक मध्येकै सरिता पौडेलले दिएकी छन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा