सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: ०९:०० | UK Time: 04:15

एनआरएनए यूकेले शेष घलेसंग अन्तरक्रिया गर्ने

वीनेपाली
२०७२ भदौ २९ गते १५:१८

462396_420337551310683_1543914825_oलन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) को नव निर्वाचित कार्यसमितिले एनआरएनए आइसीसी अध्यक्ष शेष घलेसंग बिहीबार सांझ अन्तरक्रिया गर्ने भएको छ । आइतबारमात्र निर्वाचित संघको नयां कार्यसमितिले गर्न लागेको यो नै पहिलो सार्वजनिक कार्यक्रम हो ।

अध्यक्ष मुछेत्र गुरुंगले घलेको सम्मानसहित एनआरएनएको आगामी महिना काठमाण्डौंमा हुने अधिवेशन, एनआरएनएको भूकम्प पीडितका लागि एकहजार घर बनाइदिने प्रोजेक्ट, एनआरएन मुद्दा लगायत भावी कार्यक्रमबारे छलफल गर्न कार्यक्रम तय गरिएको जनाए ।
ब्लु अर्किड रेष्टुरेन्टमा सांझ साढे ५ देखि कार्यक्रम शुरु हुने जनाइएको छ ।

अधिवेशन नजिकिंदै गर्दा आइसीसी अध्यक्ष घले जनमत बटुल्न यतिखेर विभिन्न मुलुक डुलिरहेका छन् । युरोप भ्रमणका क्रममा घले बेलायत आउन लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक