
लन्डन । यतिखेर बेलायतमा पनि तीज माहोल छ । धेरै संघसंस्थाले तीजकै दिन पारेर कार्यक्रम गर्ने तयारी गरिरहेका छन् । यस मध्ये लन्डन साउथ इष्टस्थित पशुपति मन्दिरमा भोलि बुधवार सामूहिक पूजासहित तीज विशेष कार्यक्रम हुने भएको छ । पशुपति मन्दिर व्यवस्थापन समितिले तीज विशेष कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम संयोजक सहदेव गिरीका अनुसार, दिउसो साढे एकबजेदेखि शुरु हुने कार्यक्रममा पण्डित निलहरी घिमिरेबाट स्थापना पूजा, सामूहिक आरती पूजा साथै सामूहिक तीज नाच, स्टेज नृत्य लगायत मनोरन्जनात्मक प्रस्तुति रहनेछ । पण्डित घिमिरेले हरितालिका तीजको धार्मिक पक्षबारे प्रवचन समेत दिने कार्यक्रम छ । तीज कार्यक्रम मन्जु खरेलले सञ्चालन गर्नेछिन् भने नवनियुक्त अध्यक्ष बालजंग अर्यालले संक्षिप्त मन्तव्य र कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ । मन्दिर व्यवस्थापन समितिले महिलाहरुलाई सहभागी भएर आफ्नो विशेष पर्व तीज हर्षोल्लासका साथ मनाउन निमन्त्रणा गरेको छ । सांझ ७ देखि ९ बजेसम्म महिलाहरुले सामूहिक तीज नृत्य गर्ने आयोजकले जनाएका छन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित