
लन्डन । तमु समाज यूके आमा समूहले गत शनिवार ८ औं लेडिज् नाइट एवं तीज कार्यक्रम गरेको छ । ह्यारो बरो फुटबल क्लव हलमा कार्यक्रम भएको हो । कार्यक्रममा तमु समाज यूके उपाध्यक्ष बिजु गुरुङ, आमा समूह अध्यक्ष माया गुरुङ र समूहकी उपाध्यक्ष पुष्पा गुरुङले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरिएको थियो । आमा समूह अध्यक्ष माया गुरुङको अध्यक्षतामा भएको तीज कार्यक्रममा अध्यक्ष गुरुङले स्वागत मन्तव्य दिएसंगै कार्यक्रम अघि बढेको थियो ।
समाजले सन् २००८ देखि महिलाहरुका लागि तीजमा यस्तो कार्यक्रम गर्दै आएको छ ।
बिहान दश बजेदेखि शुरु कार्यक्रममा खाना संयोजन हरिमान गुरुङको नेतृत्वमा ज्ञान, महेश घले, काजी र वुद्धि गुरुङबाट भएको थियो । सहभागी दिदीबहिनीले घरैबाट सेलरोटी ल्याएका थिए ।
लेडिज नाइट एवं तीज कार्यक्रममा समूहले सधैं झैं यो पटक पनि ७० वर्ष नाघेका वृद्धाहरुलाई निशुल्क खानपिनसहित खादाले सम्मान गर्दै अतिथी ग्रहण गराइएको थियो ।
कार्यक्रम उद्घोषण सइन्द्र केसी, फोटोग्राफी यम गुरुङ र भिडियो कुमार गुरुङले गरेका थिए । उक्त अवसरमा सहभागीमध्ये सबैभन्दा उत्कृष्ट र लामो समयसम्म नृत्य गर्ने महिलालाई विजेता घोषित गरिएको थियो जसमा संगिता खत्री प्रथम, द्धितिय शिव गुरुङ र तृतीय कृपा गुरुङ क्राउन र नटराजको मोतीबाट सम्मानित भए ।
उपाध्यक्ष बिजु गुरुङबाट राफलका विजेतालाई पुरस्कार वितरण भएको थियो । सइन्द्र केसी, विन्दु घले, विमला गुरुङ, मिरा गुरुङको सक्रिय योगदान रहेको उक्त पार्टीमा आमा समूहकी उपाध्यक्ष पुष्पा गुरुङले अतिथीहरु, समाजका अध्यक्ष अर्जुनकुमार गुरुङ र कार्यसमिति एवं सहयोगी सबैप्रति आभार व्यक्त गरेकी थिइन् ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित