
लन्डन । तमु समाज यूके आमा समूहले गत शनिवार ८ औं लेडिज् नाइट एवं तीज कार्यक्रम गरेको छ । ह्यारो बरो फुटबल क्लव हलमा कार्यक्रम भएको हो । कार्यक्रममा तमु समाज यूके उपाध्यक्ष बिजु गुरुङ, आमा समूह अध्यक्ष माया गुरुङ र समूहकी उपाध्यक्ष पुष्पा गुरुङले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरिएको थियो । आमा समूह अध्यक्ष माया गुरुङको अध्यक्षतामा भएको तीज कार्यक्रममा अध्यक्ष गुरुङले स्वागत मन्तव्य दिएसंगै कार्यक्रम अघि बढेको थियो ।
समाजले सन् २००८ देखि महिलाहरुका लागि तीजमा यस्तो कार्यक्रम गर्दै आएको छ ।
बिहान दश बजेदेखि शुरु कार्यक्रममा खाना संयोजन हरिमान गुरुङको नेतृत्वमा ज्ञान, महेश घले, काजी र वुद्धि गुरुङबाट भएको थियो । सहभागी दिदीबहिनीले घरैबाट सेलरोटी ल्याएका थिए ।
लेडिज नाइट एवं तीज कार्यक्रममा समूहले सधैं झैं यो पटक पनि ७० वर्ष नाघेका वृद्धाहरुलाई निशुल्क खानपिनसहित खादाले सम्मान गर्दै अतिथी ग्रहण गराइएको थियो ।
कार्यक्रम उद्घोषण सइन्द्र केसी, फोटोग्राफी यम गुरुङ र भिडियो कुमार गुरुङले गरेका थिए । उक्त अवसरमा सहभागीमध्ये सबैभन्दा उत्कृष्ट र लामो समयसम्म नृत्य गर्ने महिलालाई विजेता घोषित गरिएको थियो जसमा संगिता खत्री प्रथम, द्धितिय शिव गुरुङ र तृतीय कृपा गुरुङ क्राउन र नटराजको मोतीबाट सम्मानित भए ।
उपाध्यक्ष बिजु गुरुङबाट राफलका विजेतालाई पुरस्कार वितरण भएको थियो । सइन्द्र केसी, विन्दु घले, विमला गुरुङ, मिरा गुरुङको सक्रिय योगदान रहेको उक्त पार्टीमा आमा समूहकी उपाध्यक्ष पुष्पा गुरुङले अतिथीहरु, समाजका अध्यक्ष अर्जुनकुमार गुरुङ र कार्यसमिति एवं सहयोगी सबैप्रति आभार व्यक्त गरेकी थिइन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित