लन्डन । यतिखेर लन्डनका विभिन्न गन्तव्यमा गुड्ने रातो बसहरुमा सर्वत्र छाएको छ एभरेष्ट । ठूला ठूला होर्डिङ बोर्डले पनि ‘एभरेष्ट’ कै विज्ञापन गरिरहेका छन् । लाग्छ, भूकम्पपछि शिथिल पर्यटन प्रवद्र्धनमा नेपाल सरकारको आंखा खुलेछ । तर, त्यसो होइन । विश्वकै सर्वोच्च शिखर सगरमाथा (एभरेष्ट) को त्यो प्रचार प्रसार त आगामी शुक्रवार (सेप्टेम्बर १८) बेलायतमा सार्वजनिक हुन लागेको हलिउड फिल्म ‘एभरेष्ट’ को पब्लिसिटी काइदा हो ।
सन् १९९६, मे १० र ११ तारिख सगरमाथा चढ्न लाग्दा आठ जना आरोहीको ज्यान जाने गरि भएको दुःखद घट्नाले विश्वभर ध्यान आकृष्ट गरेको थियो । त्यही सत्य घट्नामा केन्द्रित दुई घण्टा लामो उक्त अमेरिकी थ्री डि फिल्म निर्माण पक्षले विज्ञापनका लागि लन्डनका रातो बस रोजेको हो ।
लन्डनमा टिएफएल (ट्रान्सपोर्ट फर लन्डन) बस नेटवर्कमा गरिएको विज्ञापनलाई प्रभावकारी मानिन्छ । यत्रतत्र गुडिरहेको बसमा यात्रु र अन्य सबैको आंखा पर्ने हुनाले यो प्रभावकारी मानिएको हो । टिएफएलका अनुसार, लन्डनमा ७ हजार ५ सय राता बसले एकैदिन ६० लाख भन्दा बढि यात्रु ओसार्छन् ।
सो थ्रिलर फिल्मका निर्देशक हुन् बल्तसार कोर्माकुर । कथा भने विलियम निकोल्सन् र साइमन ब्यूफोले लेखेका हुन् ।
करिब ६५ मिलियन डलरको लागतमा बनेको उक्त फिल्ममा जेसन क्लार्क, जोस ब्रोलिन, जोन हकेस्, रोविन राइट, माइकल केली, साम वर्दीङ्टन, केइरा नाइट्ली, इमिली वाट्सन र जेक गेलेनहालको अभिनय छ । त्यतिखेर पर्वतारोहण दलका दुई नेतृत्वकर्ता स्कट फिस्चेर र रोव हलसहित ज्यान गुमाएका आरोहीको नालीबेलीमा केन्द्रित छ फिल्म । फिल्मले सगरमाथा आरोहणका अप्ठ्यारा पाटा छर्लंग पारेको छ ।
उक्त फिल्म छायांकनका लागि ४४ जनाको समूह गत वर्ष नेपाल गएको थियो । निर्माण पक्षले सन् २०१४, जनवरी ९ देखि २३ सम्म अनुमति लिएर लुक्ला विमानस्थल, नाम्चे बजार, एभरेष्ट बेस क्याम्पमा छायांकन गरेको थियो । फिल्मका केही दृश्य इट्ली र यूकेमा समेत खिचिएको छ ।
यूनिभर्सल पिक्चरले ‘एभरेष्ट’ अमेरिका र क्यानडामा २५ सेप्टेम्बरका दिन रिलिज हुने जनाएको छ ।
भिडियो लिंक
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित