लन्डन । यतिखेर लन्डनका विभिन्न गन्तव्यमा गुड्ने रातो बसहरुमा सर्वत्र छाएको छ एभरेष्ट । ठूला ठूला होर्डिङ बोर्डले पनि ‘एभरेष्ट’ कै विज्ञापन गरिरहेका छन् । लाग्छ, भूकम्पपछि शिथिल पर्यटन प्रवद्र्धनमा नेपाल सरकारको आंखा खुलेछ । तर, त्यसो होइन । विश्वकै सर्वोच्च शिखर सगरमाथा (एभरेष्ट) को त्यो प्रचार प्रसार त आगामी शुक्रवार (सेप्टेम्बर १८) बेलायतमा सार्वजनिक हुन लागेको हलिउड फिल्म ‘एभरेष्ट’ को पब्लिसिटी काइदा हो ।
सन् १९९६, मे १० र ११ तारिख सगरमाथा चढ्न लाग्दा आठ जना आरोहीको ज्यान जाने गरि भएको दुःखद घट्नाले विश्वभर ध्यान आकृष्ट गरेको थियो । त्यही सत्य घट्नामा केन्द्रित दुई घण्टा लामो उक्त अमेरिकी थ्री डि फिल्म निर्माण पक्षले विज्ञापनका लागि लन्डनका रातो बस रोजेको हो ।
लन्डनमा टिएफएल (ट्रान्सपोर्ट फर लन्डन) बस नेटवर्कमा गरिएको विज्ञापनलाई प्रभावकारी मानिन्छ । यत्रतत्र गुडिरहेको बसमा यात्रु र अन्य सबैको आंखा पर्ने हुनाले यो प्रभावकारी मानिएको हो । टिएफएलका अनुसार, लन्डनमा ७ हजार ५ सय राता बसले एकैदिन ६० लाख भन्दा बढि यात्रु ओसार्छन् ।
सो थ्रिलर फिल्मका निर्देशक हुन् बल्तसार कोर्माकुर । कथा भने विलियम निकोल्सन् र साइमन ब्यूफोले लेखेका हुन् ।
करिब ६५ मिलियन डलरको लागतमा बनेको उक्त फिल्ममा जेसन क्लार्क, जोस ब्रोलिन, जोन हकेस्, रोविन राइट, माइकल केली, साम वर्दीङ्टन, केइरा नाइट्ली, इमिली वाट्सन र जेक गेलेनहालको अभिनय छ । त्यतिखेर पर्वतारोहण दलका दुई नेतृत्वकर्ता स्कट फिस्चेर र रोव हलसहित ज्यान गुमाएका आरोहीको नालीबेलीमा केन्द्रित छ फिल्म । फिल्मले सगरमाथा आरोहणका अप्ठ्यारा पाटा छर्लंग पारेको छ ।
उक्त फिल्म छायांकनका लागि ४४ जनाको समूह गत वर्ष नेपाल गएको थियो । निर्माण पक्षले सन् २०१४, जनवरी ९ देखि २३ सम्म अनुमति लिएर लुक्ला विमानस्थल, नाम्चे बजार, एभरेष्ट बेस क्याम्पमा छायांकन गरेको थियो । फिल्मका केही दृश्य इट्ली र यूकेमा समेत खिचिएको छ ।
यूनिभर्सल पिक्चरले ‘एभरेष्ट’ अमेरिका र क्यानडामा २५ सेप्टेम्बरका दिन रिलिज हुने जनाएको छ ।
भिडियो लिंक
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते