
संविधानसभाको शुक्रबारको बैठकमा संविधानमाथिको संशोधन प्रस्तावमाथि छलफल भइरहँदा सहभागी सभासद्हरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, २५ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक २०७२’ माथि संविधानसभामा जारी दफाबार छलफलमा भाग लिँदै सभासद्हरुले आन्दोलनरत दलसँग संविधानको प्रक्रिया रोकेर होइन, संविधानको प्रक्रियालाई निरन्तरता दिँदै वार्तामा बस्न प्रमुख दलका शीर्ष नेतालाई सुझाव दिएका छन् ।
उनीहरुले भनेका छन्, “संविधानलाई अघि बढाउने सन्दर्भमा तराईमा भएको आन्दोलनसँगै एकपटक फेरि अनिश्चितताको कालो बादल मडारिन थालेको महसुस भएको छ ।”
सञ्चारमाध्यमबाट संविधानसभाको आजको बैठकबाट संशोधन प्रस्तावका बारेमा मतदान प्रक्रिया सुरु हुने सूचना सम्प्रेषण भएकाले जिल्ला जिल्लाबाट बैठकमा के हुँदैछ भनेर फोनबाट सोध्ने क्रम भइरहेकामा अब के जवाफ दिने भनेर नाजवाफ र अन्यौलको स्थिति पैदा भएको सभासद्हरुले बताएका छन् ।
महिला र गरिबहरुको आवाजलाई सम्बोधन गर्न सिद्धान्तको राजनीतिमा वकालत गर्नुपर्नेमा त्यसो नभई अहिले पैसाका लागि राजनीति भइरहेको छ भन्दै उहाँहरुले राज्यविहीनको अवस्थामा सरकार बन्न नहुने तथा वार्ताका लागि आन्दोलनकारीले पनि सर्त राख्न नहुने तर्क उनीहरुको छ ।
मिलेर बसेको नेपाली समाजमाथि जातीय सद्भाव बिथोल्न धावा बोल्ने काम भएको, आन्दोलनकारी पक्षबाट आफूलाई मात्र मधेसी देख्न अरु राजनीतिक दलका नेताहरुको मानमर्दन गर्ने काम भएको भनी उनीहरुले आपत्ति जनाएका छन् । लोकतन्त्रका लागि विभिन्न समयमा भएका आन्दोलनका सहयात्रीबीचको सहमति कायममै राखेर यथाशीघ्र संविधान जारी गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
सभासद्हरु अनिता देवकोटा, भरतबहादुर खड्का, चन्द्रबहादुर गुरुङ, सकलदेव सुतिहार, बहादुरसिंह लामा, पाँचकर्ण राई, भवानी खापुङ्ग, सञ्जयकुमार गौतम, रामहरि सुवेदी, दिलिप खवास गच्छदार, विदुर सापकोटा, कृष्णप्रसाद पौडेल, तारादेवी राई, नारायणबहादुर कार्की, मनमोहन भट्टराई, मुख्तर अहमद, रन्जना सरकार, रेवतीरमण भण्डारी, भोटनीदेवी खवास, हर्कबोल राई, शान्तिदेवी चौधरी, मञ्जु चौधरी, रामेश्वर ढुङ्गेल, कमल पङ्गेनी, सूर्यदेव दास उरावले आजको दफाबार छलफलमा भाग लिएका थिए । संविधानसभाको अर्काे बैठक यही २७ गते आइतबार ११ः३० बजे बस्नेछ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल