लन्डन । नेपालका सफल उद्योगपति एवं कवि वसन्तकुमार चौधरीको उपस्थितिमा लन्डनमा एक च्यारिटी डिनर कार्यक्रमको तयारी हुंदैछ । वसन्त चौधरी फाउण्डेशनका अध्यक्ष चौधरी मिसन टु हेल्प नेपाल र जुनकिरी इनिसियटिभ्स् को संयुक्त आयोजनामा गर्न लागिएको च्यारिटीमा सहभागी हुन लन्डन आउने कार्यक्रम छ ।
१८ सेप्टेम्बर सांझ ह्यारो बरो फुटबल क्लव, ह्यारोमा हुने उक्त च्यारिटी ‘होम्स् फर ह्यूम्यानिटी’ प्रोजेक्टका लागि समर्पित हुनेछ । मिसन टु हेल्प नेपाल र जुनकिरी इनिसियटिभ्स् ले नेपालमा भूकम्प पीडितहरुका लागि आवास पुनर्निर्माणमा सघाउने उद्देश्यले होम्स् फर ह्यूम्यानिटी प्रोजेक्ट अघि सारेका छन् । उक्त प्रोजेक्टका लागि दुई सक्रिय महिला समाजसेवी मिसन टु हेल्प नेपालकी बवी लामा र जुनकिरी इनिसियटिभ्स् की लक्ष्मी राई (लारा) को सक्रियता छ ।
त्यस सांझ च्यारिटीको टिकेट मुल्य ३५ पाउण्ड तोकिएको छ । आयोजकले कार्यक्रममा आइदिएर भूकम्प पीडितप्रति सहयोग गर्न अपिल गरेका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार