लण्डन । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा साहित्यकार बैरागी काइँलालाई युकेमा विशेष सम्मान गरिने भएको छ ।
नेपाल प्रतिभा प्रतिष्ठान बेलायतको आयोजनामा यही अक्टोबर ३ मा लण्डनमा एक कार्यक्रम गरी उनलाई विशेष सम्मान गर्न लागिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
फेल्थम कम्युनिटी कलेज लण्डनमा हुने सो कार्यक्रममा भाग लिन नेपालबाट काइँलाका साथै मदन पुरस्कार विजेता लेखक राजन मुकारुंग तथा साहित्यकार एवं पत्रकार राजकुमार दिक्पाल युके आउँदै गरेको प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खरेसले बताए ।
साहित्यकार काइँला र मुकारुंगलाई प्रतिष्ठानले र दिक्पाललाई अन्तर्राष्ट्रिय वांगमय प्रतिष्ठानले बेलायत निम्त्याएका हुन् ।
सो कार्यक्रममा आठौँ अभिव्यक्ति श्रृंखलामार्फत साहित्यकार रक्ष राईलाई मंच प्रदान गरिने भएको छ भने गीतकार मुकेश राईको रङ जीन्दगीको कृतिको पनि विमोचन गरिने भएको छ ।
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त