लन्डन । युरोप भ्रमणमा रहेकी माइती नेपालकी संस्थापक अनुराधा कोइरालाको प्रमुख आतिथ्यमा लन्डनमा एक च्यारिटी डिनर भएको छ । चेलिबेटी वेचविखनविरुद्ध विगत दुई दशकदेखि क्रियाशिल माइती नेपालको सहयोगार्थ एभरेष्ट इन रेष्टुरेन्टले मंगलबार सांझ ब्ल्याकहिथमा च्यारिटी कार्यक्रम गरेको हो । च्यारिटीबाट दुई हजार पाउण्ड (करिब तीन लाख बीस हजार रुपैयां) संकलन भएको जानकारी एभरेष्ट इनका निर्देशक यादव भण्डारीले दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै सन् २०१० की सिएनएन हिरो कोइरालाले भूकम्पपछि नेपालमा चेलिबेटी वेचविखन बढेको बताइन् । उनले प्रतिकुल अवस्थामा यस्तो अपराधले झन् प्रश्रय पाउने जनाउंदै माइती नेपालले भूकम्पपछि ६ सय १५ जनाको उद्दार गरेको समेत उल्लेख गरिन् । विदेशी समेत सहभागी कार्यक्रममा कोइरालाले नेपाली समाजलाई मानव तस्करीरहित बनाउने आफ्नो अभियानमा साथ दिन पनि आग्रह गरिन् ।
कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले चेलिबेटी वेचविखनविरुद्ध जिन्दगीभर लड्ने कोइरालाको प्रशंसा गर्दै उनी नेपाली समाजमा मानवअधिकार र मानवताको नमुना प्रस्तुत गर्ने सच्चा महिला भएको उल्लेख गरे ।
माइती नेपालका निर्देशक विश्वराम खड्काले संस्थाले हालसम्म २९ हजार महिला तथा वालवालिकाको उद्दार गरेको जानकारी दिए ।
कार्यक्रममा कोइरालाले संस्थाको तर्फबाट एभरेष्ट इनका प्रवन्ध निर्देशक पशुपति भण्डारीलाई मायाको चिनो प्रदान गरेकी थिइन् । एभरेष्ट इनले भूकम्पपछि माइती नेपालसंग सहकार्य गरि पीडितहरुको उद्दार तथा राहतमा उल्लेखनीय सहयोग गरेको थियो ।
कार्यक्रममा गायक योगेश्वर अमात्य, पूर्व काउन्सिलर धन गुरुंग, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष अर्जुन गौतम, एभरेष्ट इन ग्रुपका प्रवन्ध निर्देशक पशुपति भण्डारी, चियर अफ ग्रीनवीच काउन्सिल, दूतावासका थर्ड सेक्रेटरी सूर्य थापा, व्यवसायीहरु फत्त थापा, मोहन गुरुंग, एलएन पाण्डे, पत्रकारहरु भगिरथ योगी, शिव भण्डारी, कुशल श्रेष्ठ लगायत सहभागी थिए ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण