लन्डन । युरोप भ्रमणमा रहेकी माइती नेपालकी संस्थापक अनुराधा कोइरालाको प्रमुख आतिथ्यमा लन्डनमा एक च्यारिटी डिनर भएको छ । चेलिबेटी वेचविखनविरुद्ध विगत दुई दशकदेखि क्रियाशिल माइती नेपालको सहयोगार्थ एभरेष्ट इन रेष्टुरेन्टले मंगलबार सांझ ब्ल्याकहिथमा च्यारिटी कार्यक्रम गरेको हो । च्यारिटीबाट दुई हजार पाउण्ड (करिब तीन लाख बीस हजार रुपैयां) संकलन भएको जानकारी एभरेष्ट इनका निर्देशक यादव भण्डारीले दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै सन् २०१० की सिएनएन हिरो कोइरालाले भूकम्पपछि नेपालमा चेलिबेटी वेचविखन बढेको बताइन् । उनले प्रतिकुल अवस्थामा यस्तो अपराधले झन् प्रश्रय पाउने जनाउंदै माइती नेपालले भूकम्पपछि ६ सय १५ जनाको उद्दार गरेको समेत उल्लेख गरिन् । विदेशी समेत सहभागी कार्यक्रममा कोइरालाले नेपाली समाजलाई मानव तस्करीरहित बनाउने आफ्नो अभियानमा साथ दिन पनि आग्रह गरिन् ।
कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले चेलिबेटी वेचविखनविरुद्ध जिन्दगीभर लड्ने कोइरालाको प्रशंसा गर्दै उनी नेपाली समाजमा मानवअधिकार र मानवताको नमुना प्रस्तुत गर्ने सच्चा महिला भएको उल्लेख गरे ।
माइती नेपालका निर्देशक विश्वराम खड्काले संस्थाले हालसम्म २९ हजार महिला तथा वालवालिकाको उद्दार गरेको जानकारी दिए ।
कार्यक्रममा कोइरालाले संस्थाको तर्फबाट एभरेष्ट इनका प्रवन्ध निर्देशक पशुपति भण्डारीलाई मायाको चिनो प्रदान गरेकी थिइन् । एभरेष्ट इनले भूकम्पपछि माइती नेपालसंग सहकार्य गरि पीडितहरुको उद्दार तथा राहतमा उल्लेखनीय सहयोग गरेको थियो ।
कार्यक्रममा गायक योगेश्वर अमात्य, पूर्व काउन्सिलर धन गुरुंग, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष अर्जुन गौतम, एभरेष्ट इन ग्रुपका प्रवन्ध निर्देशक पशुपति भण्डारी, चियर अफ ग्रीनवीच काउन्सिल, दूतावासका थर्ड सेक्रेटरी सूर्य थापा, व्यवसायीहरु फत्त थापा, मोहन गुरुंग, एलएन पाण्डे, पत्रकारहरु भगिरथ योगी, शिव भण्डारी, कुशल श्रेष्ठ लगायत सहभागी थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते