लन्डन । एनआरएनए यूकेको महत्वपूर्ण पद र प्रतिष्ठा, त्यस माथि बेलायतमा हुने दैनिक जसो कार्यक्रममा अतिथी आसन । सबैलाई लोभ्याएकै छ यसले । त्यहि लोभले गतसाता विधि विधान र नियमलाई ‘लत्याउदै’ एनआरएनए यूकेमा सहमतिमै भागवण्डा भयो । अचम्म त निर्वाचन समितिमा उम्मेदवारी दर्ता नगरेको मात्रै होइन, एनआरएनए यूकेको सदस्यता दरखास्तमा समेत रित नपुगेर अस्वीकृत व्यक्तिलाई महत्वपूर्ण पद सुम्पेर भागवण्डा गरियो ।
एकातिर उम्मेदवारी नहालेका कतिपय सदस्यहरु आर्शीवाद वा कसैको निगाहमै महत्वपूर्ण पद पाउन पुगे भने अर्कोतर्फ उपाध्यक्ष जस्तो पदमा उम्मेदवारी दिएका व्यक्ति सहकोषाध्यक्ष हुन तयार भए सहमतिको नाममा । यसलाई हेर्दा सहमतिको नाम दिइएको ‘भागवण्डा’ मा जातीय स्वार्थ, गोर्खा पल्टनका नम्बरी, कतै न कतैबाट जोडिने नातेदार, निर्वाचन हुन्न कि भन्ने त्रास, आफूले निर्वाचन हार्ने मनोविज्ञान र सबैले पद पाउने भएपछि तैं चुप मै चुपको अवस्थाले काम गरेको देखिन्छ ।
यो कामका लागि पर्दामा रहेर पूर्व अध्यक्षहरु डमर घले, सूर्य गुरुङ र पर्दा पछाडिबाट योगेन क्षेत्रीलगायतको खेल देखिन्छ । खासगरी
पूर्व अध्यक्ष मेजर रि. डमर घलेले हारको नजिक रहेका अध्यक्षका उम्मेदवार योगकुमार फगामीलाई उपाध्यक्षमै, रित नपुगेर सदस्यता समेत अस्वीकृत भएका राष्ट्र राई पनि उपाध्यक्षमै र निर्वाचन समितिमा उम्मेदवारी मनोनयन नै नगरेका रिचार्ड गुरुङलाई युवा सहसंयोजकमा ल्याउन सफल भए । यो मिलिभगतलाई गहिरिएर हेर्ने हो भने घले, पूर्व अध्यक्ष योगेन क्षेत्री र उपाध्यक्ष राईबीच ‘भित्री सम्बन्ध’ रहेको उजागर हुन्छ । तीनजना जहां भएपनि एकअर्कालाई पर्दा सहयोगी बनेको विगतमा देखिएकै हो । अर्को पाटोलाई हेर्ने हो भने अध्यक्ष गुरुङका ब्याजी पनि हुन् राष्ट्र राई । फगामीले मेहनत गरेर बनाएका आफ्ना साधारण सदस्यहरुको सदस्यता रित नपुगेको भन्दै निर्वाचन समितिले अस्वीकृत गरेपछि निर्वाचन हार्ने निश्चित प्राय थियो । प्रक्रियामै प्रवेश नगरि ‘आउट’ भएका उपाध्यक्ष राई र उम्मेदवारी नै दर्ता नगरेका युवा सहसंयोजक गुरुङलाई एनआरएनए यूके कार्यसमिति भित्र पर्छु भन्ने कल्पना समेत थिएन । तीनै जनाका लागि पूर्व अध्यक्ष घले ‘भगवान’ सावित भएर आए । एनआरएनए यूके सल्लाहकार समेत रहेका राई विगतमा पूर्व अध्यक्ष क्षेत्रीको पक्षमा खुलेरै लागेका थिए । त्यसैको ब्याज स्वरुप
राईले ‘उपहार’ सरह उपाध्यक्ष पद पाएका छन् भने एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलको विपक्षमा र क्षेत्रीको साथमा उभिए वापत फगामी ‘सर्वनाक हार’ बाट जोगिन सफल भए ।
सहमतिकै पक्षमा उभिएका अध्यक्षका प्रत्यासी हिराधन राई उपाध्यक्षमा चित्त बुझाउन तयार भए । अर्का अध्यक्षका प्रत्यासी विश्वास दीप तिगेला अन्तिम समयमा आइसीसीमै चित्त बुझाए । टिम घोषणा गरेर मैदानमा ओर्लिएका तिगेलालाई उपाध्यक्षमा रहेका फगामी र सचिवमा लक्ष्मी राई (लारा) ले साथ नदिएपछि मैदानमा उनी मात्र देखिएका थिए । मतदाता बिनाको मैदानमा उनलाई पनि सम्झौता गर्न हारको त्रासले साथ दियो ।
प्रवक्ता रहेका अर्जुन कटुवाललाई भने उपमहासचिवको जिम्मेवारीमा पुरयायो भने उपाध्यक्षका प्रत्यासी बुद्धिराम थापालाई सचिवमा । स्रोतका अनुसार अन्तिम समयसम्म उपाध्यक्ष नछाड्ने अडानमा रहेका थापालाई सबै पदमा बाडंफाडं मिलेपछि सचिवमा चित्त बुझाउनु परयो । एनआरएनए यूकेको सदस्यमा राम्रो भूमिका निर्वाह गरेका फणिन्द्र भट्टराईलाई अध्यक्ष गुरुङले यही मौकामा साथ दिए । आफू अध्यक्ष हुंदा प्रवक्ता बनाउने मनसायले गुरुङले एनआरएनए यूकेभित्र छिराएका भट्टराईलाई खुसी लिम्बुले प्रवक्ताको दावी गरेपछि सचिवमा राख्नु परयो । एनआरएनए बुझेका र पत्रकार समेत भएकाले गुरुङले भट्टराईलाई प्रवक्तामा प्रस्ताव गरेका थिए ।
पहिले सचिव लड्ने घोषणा गरेका र अन्तिम समयमा आएर महासचिवमा उम्मेदवारी दर्ता गराएका लिम्बुले प्रवक्ता पद रोजेपछि सहमतिमै ताली गुन्जियो ।
महासचिव पदमै दोहोरयाउन लागेका राजकुमार त्रिपाठीलाई कुनै पनि अध्यक्षले ‘ग्रीन सिग्नल’ नदिएपछि काठमाडांैबाट फर्के लगत्तै त्रिपाठी सहमति भांड्ने प्रयासमा लागे । उपस्थिति पुस्तिकामा हस्ताक्षर गराएर निर्णयमा हस्ताक्षर गरेको भन्दै एनआरएनए यूके कार्यसमितिको आकस्मिक
बैठकमा एजेण्डा प्रस्तुत गरेका अध्यक्ष कंडेलले हप्काउंद्ै बैठक स्थगित गरे । त्यहि रिसमा महासचिव त्रिपाठीले उम्मेदवारी मनोनयनको अघिल्लो दिन निर्वाचन समिति भंग गरेको निर्णय गर्न भ्याए । तर, भोलिपल्ट आफैं निर्वाचन समिति कार्यालय गई उम्मेदवार मनोनयन समेत हेरे । आफैंले गरेको निर्णय कार्यान्वयन नभएपछि मौका खोजिरहेका त्रिपाठीले अध्यक्ष कंडेलले अधिवेशन गर्न निकालेको रकमलाई हिनामिना भन्दै सामाजिक सञ्जालभर फैलाए । त्यसैको परिणाम, निश्चित नभएको आइसीसी कोपमा थन्क्याइएको छ उनलाई । त्रिपाठी मात्र होइन, त्रिपाठीलाई साथ दिने सनत गुरुङ उपाध्यक्षको पद छाडेर च्यारिटी विभाग प्रमुखको पद खान राजी भए । निर्वाचनमा पराजय भोग्नु भन्दा च्यारिटी प्रमुख बन्नु नै आफ्नो हितकर हुने गुरुङको ठम्याइले एनआरएनए यूकेभित्र छिरायो उनलाई ।
आर्थिक पारदर्शीतालाई भरयाङ बनाएर बनाइएको भागबण्डाले आर्थिक मुद्दाको छिनोफानो गर्छ वा पदको मात्र बार्गेनिङ हो, त्यो भने सिंगो कार्यसमितिको काम हेरेपछि थाहा हुने नै छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा