लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति, बेलायत नेपालले गर्ने वृहत आमसभा एक दिन पछाडि सरेको छ । समितिले प्रमुख अतिथी सांसद वीरेन्द्र शर्माको कार्यव्यस्तता जनाउंदै आगामी आइतबार नर्थहोल्ट सोसियल क्लवमा कार्यक्रम गरिने सूचित गरेको छ ।
यसअघि शनिवार सोही स्थानमा सभा तय गरिएको थियो ।
शनिवार लेवोर पार्टीको निर्वाचन परेकाले आइतबार सार्नु परेको समितिका संयोजक कृष्णबहादुर राईले जनाए ।
समितिले नवनियुक्त सर्वदलीय संसदीय समिति (एपीपीजी) का अध्यक्ष सांसद वीरेन्द्र शर्माको सम्मान गर्ने र त्यसैदिन उनलाई ज्ञापन दिने कार्यक्रम राखेको छ ।
सयौं भूपू गोर्खा सहभागी हुने अपेक्षा राखिएको उक्त आमसभाका दिन सत्याग्रह समितिले गत महिना स्कटल्याण्डमा भएको प्रदर्शन र भावी कार्यक्रमबारे भूपू गोर्खाहरुलाई जानकारी दिने बताइएको छ । समितिले गत अगष्ट १० देखि १४ तारिखसम्म आफ्ना जायज र न्यायपूर्ण मागहरु पुरा गराउन बेलायत सरकार विरुद्ध दवाव दिने उद्देश्यले स्कटल्याण्डमा धर्ना, विरोध प्रदर्शन र स्कटिस नेतासमक्ष ज्ञापन बुझाएको थियो ।
समितिले आफ्नो भावी कार्यक्रममा बेलायत सरकारलाई थप दवाव दिन अक्टोवर २० तारिखका दिन फेरि संसद भवन अगाडि प्रदर्शन गर्ने जनाएको छ ।
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ