लन्डन । गायिका अन्जु पन्त र उनका पूर्व श्रीमान् मनोज राजले गाएको एउटा गीत ‘कस्तो माया लाइयो हजुर…’ गीतको म्यूजिक भिडियो छायांकन बेलायतमा गरिएको छ । प्रभु गुरुङले निर्देशन गरेको उक्त म्यूजिक भिडियो बेलायतको डर्डल डोर, पोर्टल्याण्ड, फार्नबोरो जस्ता गन्तव्यमा छायांकन गरिएको हो ।
भिडियोमा सुसी खड्का, मिलन गुरुङ र लिकुन गुरुङले अभिनय गरेका छन् भने संगीत हरि लम्सालको छ । उक्त भिडियो क्यामेरामेन मनोज गुरुङले खिचेका हुन् ।
मोडल सुसीले आफ्नो पहिलो म्यूजिक भिडियो र वियोगान्त दृश्य भएकाले शुरुमा केही नर्भस् भएपनि पछि टिमवर्कका कारण सहज बनेको बताइन् । ‘अब अरुमा पनि अभिनय गर्न उत्साहित छु’, उनले सुनाइन् । भिडियो छिट्टै सार्वजनिक गरिने बताइएको छ ।
गोविन्दप्रसाद उपाध्यायले लेखेको उक्त गीत गायिका अन्जु पन्त र मनोज राजको वास्तविक जीवनसंग मेल खाने बताइएको छ ।
म्यूजिक नेपालको प्रस्तुति रहने सत्यता २ एल्बममा समावेश हुनेछ उक्त गीत ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान