लण्डन । गैरअावासीय नेपाली संघ (एनअारएन) युकेकाे अागामी निर्वाचनमा उपाध्यक्षका दाबेदार अर्जुन कटवालले अाफ्ना याेजना सार्वजनिक गरेका छन् ।
यदि उपाध्यक्ष पदमा निर्वाचित भएकाे खण्डमा अागामी दुई वर्षमा एनआरएन यूकेको संस्थागत विकाश, स्थायी कार्यालय र नेपाल हाउस निर्माण गर्न पहल गर्ने उनले बताएका छन् । यस्तै एनअारएन युकेकाे सदस्यता ६ महिना अगाडि नै खुल्ला गर्ने र हाल देखिएको विकृतिलाई निरुत्साहित गर्ने उनकाे याेजना छ । एनअारएनलाई क्षेत्रीय एवं काउन्सिलकाे अवधारणामा परिणत गरी निर्बाचन गराउने उनले बताएका छन् ।
एनअारएनमा विद्यार्थीहरुलाई अहिले समावेश नगरिएकाेमा उनीहरूलाई समावेश गर्ने प्रस्ताव अागामी अधिवेशनमा लैजाने वचन उनले दिएका छन् । नेपालीद्वारा नेपालीका लागि, म हैन मेरो र हाम्रो, गुट उप-गुट, जाति र राजनीतिभन्दा माथि उठी एनआरएनलाई साझा थलाे हुने वातावरण बनाउन पहल गर्ने उनकाे याेजना छ ।
सामजिक, भैपरी आउने कल्याणकारी कामका लागि अक्षयकोषको स्थापना, गैरआवासीय नेपालीहरुको हक़ हितको कार्यक्रमहरु बनाउने, सीप,पूँजी र ज्ञानलाई नेपालभित्र प्रयोग गर्ने वातावरण सृजना गर्ने उनले बताएका छन् ।
नेपाली कला, संस्कृति र पर्यटनको प्रबर्धन गर्ने, एक राष्ट्र एक प्रोजेक्ट अन्तर्गत कर्णाली विकाश योजनामा सहयोग गर्ने, बेलायत-नेपालको कूटनैतिक सम्बन्धको २०० वर्षको उपलक्ष्यमा बिभिन्न कार्यक्रम गर्ने र नेपालमा एयर एम्बुलेंस सेवा स्थापनाका लागि पहल गर्ने उनकाे याेजना छ ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती